Kakhara सबैको खबर सम्पूर्ण खबर
चाडपर्व लक्षित बजार अनुगमन: कमजोरी देखिएका १२ व्यवसायीलाई झन्डै एक लाख रुपैयाँ जरिवाना

रुकुम पश्चिममा चाडपर्वको समयमा बजार अनुगमनलाई तीव्र दिइएको छ । चाडपर्वको समयमा उपभोक्ता ठगिन सक्ने भएकाले बजार अनुगमनलाई जिल्ला प्रशासन कार्यालय तीव्रता दिएको हो । बजार अनुगमनका क्रममा कमजोरी देखिएका पसल व्यवसायीलाई अनुगमन समितिले जरिवाना समेत गर्ने गरेको छ ।

जिल्लाको विभिन्न ३ ठाउँमा चाडपर्व लक्षित बजार अनुगमन गर्दा कमजोरी देखिएका पसल व्यवसायीलाई झन्डै १ लाख रुपैयाँ जरिवाना गरिएको बजार अनुगमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला सदरमुकाम खलङ्गाका ४ वटा, चौरजहारी नगरपालिकामा ३ वटा र आठविसकोट नगरपालिका ९ राडी बजारमा सञ्चालनमा रहेका ५ वटा किराना तथा स्टोर गरेर १२ वटा पसललाई जरिवाना गरिएको हो । 

जिल्ला सदरमुकाम खलङ्गाका ४ वटा पसललाई ५ हजारका दरले २० हजार रुपैयाँ, चौरजहारी नगरपालिकाका ३ पसललाई १० हजारका दरले ३० हजार रुपैयाँ जरिवाना गरिएको छ । त्यस्तै  गत शनिवार आठविसकोट नगरपालिका ९ राडी बजारमा  ७ वटा पसल अनुगमन गर्दा  ओली स्टोर र राम लक्ष्मण स्टोरलाई दश दश हजार रुपैयाँ, सल्यानी खड्का स्टोर र सुनौलो कुसारी गल्ला तथा  किराना पसललाई  पाँच पाँच हजार रुपैयाँ र शर्मिला किराना पसललाई १५ हजार गरेर ५ वटा पसल व्यवसायीलाई  ४५ हजार रुपैयाँ जरिवाना गरिएको हो ।

चाडपर्व लक्षित ३ स्थानमा बजार अनुगमन गर्दा हालसम्म कमजोरी देखिएका पसल व्यवसायीलाई  ९५ हजार रुपैयाँ जरिवाना गरिएको छ । भने विभिन्न किराना पसल तथा होटेलहरूबाट २१ हजार ८ सय २० मूल्य बराबरको म्याद गुज्रिएको सामान बरामद गरी नष्ट गरिएको बजार अनुगमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिनुभयो । अनुगमनका क्रममा अधिकांश पसलमा मूल्य सूचि नराखिएको, केहीमा म्याद गुज्रेका सामग्री रहेको, कुनै पसलले दर्ता प्रक्रिया पुरा नगरेको पाएको छ ।

चाडबाडको समयमा हुनसक्ने कालोबजारी नियन्त्रण, गुणस्तरहीन सामाग्रीको बिक्री वितरण रोक्न, कानुनी मापदण्डको अवस्था निरीक्षणका तथा उपभोक्ताको स्वास्थ्यमा असर नपर्ने गरी उपभोग्य सामग्री बिक्री वितरण गर्न र ठगिनबाट जोगाउन बजार अनुगमनलाई निरन्तरता दिइने बजार अनुगमन समितिले जनाएको छ । साथै उद्योग तथा व्यवसायीलाई बिक्रीका लागि खरिद गरेका वस्तुको बिल बिजक व्यवस्थित गर्ने, उद्योग स्थलको सरसफाइमा ध्यान दिने, आवश्यक कागजात पुरा गर्ने लगायतका निर्देशन समेत दिइएको अनुगमन समितिले जनाएको छ ।

गत शनिवार आठविसकोट नगरपालिका ९ राडीबजारमा अनुगमन गरेका व्यवसायको विवरण 

464784523_1589923601949728_6807194741881752358_n-1730107564.jpg

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १५:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update