Kakhara सबैको खबर सम्पूर्ण खबर
जनयुद्धका ‘वैज्ञानिक’ तिर्थकाे स्मृतिमा पार्क (फाेटाे फिचर)

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ७ र ८ को सिमाना रिनदहमा तिर्थ स्मृति पर्यटन पार्कको उद्घाटन गरिएको छ । त्यस्तै पार्कमा निर्माण गरिएको स्वर्गीय तिर्थ पुनको सालिक अनावरण समेत गरिएको छ । कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्माले आज एक कार्यक्रमका बिच पार्कको उद्घाटनका साथै सालिक अनावरण गर्नुभएको हो । 

साबिक साँख गाविस वडा नम्बर ५ हालको मुसिकोट नगरपालिका वडा नम्बर ७ खालबोट निवासी तिर्थबहादुर पुनको २०७३ साल श्रावण २१ गते मुसिकोट नगरपालिका वडा नम्बर ६ कानेवाङमा भएको जिप दुर्घटनामा परी मृत्यु भएको थियो । दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका उहाँको उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । 

Tirtha-Park-2081-05-1730205107.jpg
पुन राजनीति तथा सामाजिक कार्यमा अग्रसर हुनुहुन्थ्यो । उहाँ तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्धमा सामेल हुनुभएको थियो । २०५२ साल देखि नै उहाँ माओवादीको प्राविधिक विभागमा जोडिनुभएको थियो । उहाँले युद्धकालमा हतियार निर्माणको काम गर्नुभएको थियो । उहाँलाई जनयुद्धका वैज्ञानिकका रुपमा चिनिन्छ । उहाँले जनयुद्धमा उडिरहेकाे हेलिकाेप्टर समेत खसाल्ने हतियार बनाउनुभएकाे थियाे । 

उहाँको स्मृतिमा उहाँका परिवारले पार्क निर्माण गरेका हुन् । पार्क निर्माणमा २० लाख २३ हजार ६ सय ७३ रुपैयाँ कुल लागत लागेको उहाँका छोरा लोकेन्द्र पुनले जानकारी दिनुभयो । विभिन्न व्यक्ति तथा संस्थाहरूसँग सहयोग जुटाएर पार्क निर्माण गरिएको उहाँले बताउनुभयो । यो कार्यमा देश तथा विदेशमा रहेका व्यक्तिहरूले सहयोग गरेको उहाँको भनाई छ । 

Tirtha-parka-07-1730205102.jpg
बुवाले राजनीति तथा समाज सेवाबाट समाजमा पुर्‍याएको योगदानको स्मरण र भोलीका पुस्तालाई उहाँको योगदान बारे जानकारी गराउने उद्देश्यले बुवाको सम्झनामा पार्क निर्माण गरिएको उहाँले बताउनुभयो । पार्क निर्माणमा सहयोग गर्नेहरूलाई उहाँले धन्यवाद समेत व्यक्त गर्नुभयो । 

पार्कको बिचमा सालिक निर्माण गरिएको छ भने पार्क स्थलमा बगैँचा र प्रतीक्षालय पनि निर्माण गरिएको छ । त्यस्तै पार्कमा ठुलो आकारको नेपालको झन्डा समेत राखिएको छ भने पार्कलाई वरिपरि तारबार गरेर संरक्षण गरिएको छ । चयरीपानी सामुदायिक वन क्षत्रमा पार्क निर्माण गरिएको हो । पार्क मध्यपहाडी लोकमार्गको छेवैमा रहेको छ ।

Tirtha-Park-06-1730205108.jpg

Tirtha-Park-2081-03-1730205104.jpg

Tirtha-park-2081-1730205093.jpg

TirTha-Pun-Park-1730205102.jpg

Tirtha-Park-2081-01-1730205110.jpg

Tirtha-Park-08-1730205113.jpg

Tirtha-park-2081-04-1730205112.jpg

Tirtha-Park-09-1730205098.jpg

Tirtha-parka-photo-1730205098.jpg

Sachin-1730205096.jpg

Tirtha-Park-2081-02-1730205105.jpg

Tirtha-Pun-1730203896.jpg

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update