Kakhara सबैको खबर सम्पूर्ण खबर
थापागाउँमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना 

रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ५ थापा गाउँमा १८ औँ दिपक स्मृति तिहार मेला लाग्ने भएको छ । यही कात्तिक २० गतेदेखि थापागाउँमा तिहार मेला लाग्ने भएको हो । १८ औँ दिपक स्मृति तिहार मेलाको अवसरमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ ।

मेलामा खेलकुद कार्यक्रम अन्तरर्गत महिला, पुरुष भलिबल, घैटो फोर  र सांस्कृति कार्यक्रम तर्फ मयूर नाच,सिङगारु नाच र पैसेरु नाच आयोजना गरिएको मेला संयोजक भिनसेन थापाले जानकारी दिनुभयो । उहाँका अनसार मेलामा आयोजना गरिएको महिला, पुरुष भलिबल प्रतियोगिता खुला शुद्ध वडा स्तरिय खेलाईने छ । 

पुरुष भलिवल प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समुहले नगद ५० हजार १ सय ११ रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो स्थान प्राप्त गर्ने समुले नगद ३५ हजार १ सय ११ रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्दा तेस्रो  स्थान प्राप्त गर्ने समुहले नगद २० हजार १ सय ११ रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । दर्ता शुल्क ५ हजार रहेको छ ।

महिला भलिवल तर्फ प्रथम स्थान हासिल गर्ने समुहले नगद २५ हजार १ सय ११ रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो स्थान प्राप्त गर्ने समुहले नगद १८ हजार १ सय ११ रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त  गर्दा तेस्रो स्थान हासिल गर्ने समुहले नगद ११ हजार ११ सय ११ रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने मेला संयोजक थापाले जानकारी दिनुभयो । दर्ता शुल्क २५ सय रहेको छ ।

त्यस्तै घैटो फोर प्रतियोगितामा विजेता हुनेले २ हजार नगद सहित प्रमाणपत्र प्राप्त  गर्ने छ । दर्ता शुल्क २ सय रहेको छ । मेलामा प्रस्तुत हुने मयूर, सिङगारु र पैसेरु नाचलाई उचित पुरस्कार सहित प्रमाणपत्रको व्यवस्था गरिएको  व्यवस्थापन समितिले जनाएको छ ।

 

प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०८१  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update