Kakhara सबैको खबर सम्पूर्ण खबर
नेपालले इङ्ग्ल्याण्डलाई हरायाे

नेपालले हङकङ सिक्सेसको पहिलो खेलमा पूर्व विजेता इङ्ग्ल्याण्डलाई पराजित गरेको छ । प्रतियोगिताको आफ्नो पहिलो खेलमा पूर्व विजेतामाथि ६ विकेटको सानदार जित हात पारेको हो । इङ्ग्ल्याण्डले दिएको ९८ रनको लक्ष्य ४.२ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्‍यो नेपालको जितमा कप्तान सन्दीप जोराले १२ बलमा ४ चौका र ६ छक्काको सहयोगमा ५० रनले बनाए । लोकेश बमले ११ बलमा १ चौका र २ छक्काको सहयोगमा नट आउट २० रन बनाए ।

५० रन बनाउँदै कप्तान सन्दीप रिटार्यट आउट भए पछि राशिद खान क्रिजमा आएका थिए । राशिद खानले ५ बलमा २ चौका र २ छक्काको सहयोगमा नट आउट २१ रन जोडे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इङ्ग्ल्याण्डले ६ विकेट गुमाएर ९७ रन बनाएको थियो । उसका लागि कप्तान रवि भोपाराले १२ बलमा १ चौका र ७ छक्कको सहयोगमा नट आउट ४९ रन जोडे । स्मिथ पटेलले १७ बलमा ३ चौका र ३ छक्काको सहयोगमा नट आउट ३९ रन बनाए ।

नेपालका लागि प्रतिश जिसीले २ ओभरमा १८ रन खर्चिएर २ विकेट लिए । नारायण जोशी, लोकेश बम र विवेक यादवको नाममा समान १ विकेट रह्यो । प्रतियोगितामा नेपाल समूह बी मा अस्ट्रेलिया र इङ्ग्ल्याण्डसँग रहेको छन् । प्रतियोगितामा नेपालको दोस्रो खेल अस्ट्रेलियासँग कात्तिक १७ गते रहेको छ । प्रतियोगितामा १२ टोलीको सहभागीता रहेको छ । सहभागी १२ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ ।

465171794_986870266802687_8964654289726927843_n-1730428856.jpg
समूह ‘ए’ मा साविक विजेता दक्षिण अफ्रिका, न्युजिल्यान्ड र हङकङ तथा समूह बी मा नेपाल, इङ्ग्ल्याण्ड र अस्ट्रेलिया रहेका छन् । समूह ‘सी’ मा भारत, पाकिस्तान र युएई तथा समूह डी मा श्रीलंका, बंगलादेश र ओमान छन् । हरेक समूहका शीर्ष २ टोली क्वाटरफाइनलका लागि छनोट हुनेछन् ।

प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल कात्तिक १८ गते हुनेछ । सन् २०१७ मा भएको प्रतियोगिताको पछिल्लो संस्करणमा पाकिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका विजेता बनेको थियो । प्रतियोगिताका खेलहरूमा हरेक टोलीबाट छ खेलाडी सहभागी हुनेछन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०८१  ०८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update