Kakhara सबैको खबर सम्पूर्ण खबर
नेपालकाे अर्काे ठुलाे जीत, अष्ट्रेलियालाई जित्याे

द हङकङ सिक्सेसमा नेपालले अस्ट्रेलियालाई पराजित गरेको छ । अपराजित रूपमा क्वाटरफाइनल प्रवेश गर्ने क्रममा नेपालले अस्ट्रेलियालाई ११ रनले पराजित गर्‍यो । नेपालले दिएको १ सय १२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ६ ओभरमा १ सय रन मात्र बनाउन सक्यो । अस्ट्रेलियाका लागि ज्याक वुडले १६ बलमा ४ चौका र ६ छक्काको सहयोगमा नट आउट ५५ रन बनाए । एलेक्स रोसले १४ रन बनाए ।

चौथो ओभरको पहिलो बलमा प्रतिसले अस्ट्रेलियाका कप्तान ड्यान क्रिस्टियनलाई आउट गराए । चौथो ओभरको अन्तिम बलमा प्रतिशले रोसलाई आउट गराए । पाँचौँ ओभरको अन्तिम बलमा लोकेश बमले फावेद अहमदलाई ८ रनमा आउट गराए । अस्ट्रेलियाका साम हेजलिटलाई नेपालका प्रतिस जिसीले पहिलो ओभरमा नै आउट गराएका थिए । नेपालका लागि प्रतिसले २ ओभरमा २४ रन खर्चिएर ३ विकेट लिए । लोकेश बम र विवेक यादवले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ६ ओभरमा २ विकेट गुमाएर १ सय ११ रन बनाएको थियो । नेपालका लागि कप्तान सन्दीप जोराले १६ बलमा ५ चौका र ४ छक्काको सहयोगमा नट आउट ५१ रन बनाए । सन्दीप ५१ रन बनाउँदै रिटार्यट भएपछि क्रिजमा आएका विवेक यादवले ४ बलमा २ छक्काको सहयोगमा १२ रन बनाए । लोकेस बमले १३ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ३३ रन जोडे ।

राशिद खानले २ बलमा २ छक्काको सहयोगमा नट आउट १२ रन जोडे । अस्ट्रेलियाका लागि ज्याक वुडले २ विकेट लिए । दुवै टोलीले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेका थिए । यस खेलमा जित हात पारेको नेपालले आजै १ः३५ मा हुने क्वाटरफाइनल खेल्नेछ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०८१  ०७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update