Kakhara सबैको खबर सम्पूर्ण खबर
कोरोना संक्रमित ४ बर्षीय बालकको मृत्यु
फाइल फाेटाे ।

४ बर्षीय बालकको मृत्यु भएको छ । रुकुम पश्चिमको मुसीकोट नगरपालिकाका ति बालकलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको थियो । केही दिन अघि विरामी भएका उनलाई सोमबार जिल्ला अस्पताल लगिएको थियो । पखाला, खोकी लगायतका समस्या देखिएका उनमा सोमबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

बालकलाई दिसा रोकिएको र अचेत अवस्थामा अस्पताल पुर्याइएको थियो । जिल्ला अस्पतालमा उपचार सुरु गरे लगत्तै उनको मृत्यु भएको जिल्ला अस्पतालले जनाएको छ । यो सँगै जिल्लामा मृत्यु हुने कोरोना संक्रमितको संख्या ७ पुगेको छ ।

यस अघि वैशाख ६ गते कोरोना संक्रमित मुसीकोट नगरपालिकाकी ४० बर्षीया एक महिलाको मृत्यु भएको थियो । वैशाख १७ गते मुसीकोट नगरपालिकाकै अर्का ६० बर्षीय पुरुषको मृत्यु भएको थियो । वैशाख २० गते मुसीकोट नगरपालिकाकै ६२ बर्षीया एक महिलाको मृत्यु भएको थियो ।

वैशाख २३ गते त्रिवेणि गाउँपालिकाका ६५ बर्षीय एक पुरुषको मृत्यु भएको थियो भने वैशाख २४ गते विहान रुकुम पूर्व सिस्ने गाउँपालिकाका ३४ बर्षीय एक पुरुषको पनि मृत्यु भएको थियो । यी ६ जनाको जिल्ला अस्पतालमा मृत्यु भएको हो भने गत वर्ष त्रिवेणि गाउँपालिकाकी एक संक्रमित महिलाको घरमै  मृत्यु भएको थियो । 
 

प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update