Kakhara सबैको खबर सम्पूर्ण खबर
उपनिर्वाचन: माओवादी केन्द्रले पुथाउत्तरगंगाको उपाध्यक्षमा पुुन र वडा अध्यक्षमा घर्तीलाई उठाउने  

आगामी मङ्सिर १६ गते हुन लागेको उप निर्वाचनका लागि नेकपा माओवादी केन्द्र रुकुम पूर्वले पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष र वडा नम्बर २ को अध्यक्षको उम्मेदवार पदको टुङ्गो लगाएको छ । माओवादी केन्द्रले उपाध्यक्षमा वडा नम्बर १२ की ज्ञानदेवी पुन र २ नम्बर वडा अध्यक्ष पदमा जगत घर्ती (काजु)लाई उम्मेदवार बनाएको हो । उक्त गाउँपालिकामा गाउँपालिका उपाध्यक्ष र वडा नम्बर २ को वडाध्यक्षका लागि निर्वाचन हुँदै छ ।

जसअन्तर्गत माओवादी केन्द्रले पालिका उपाध्यक्षको उम्मेदवार बिहिबार नै टुङ्गो लगाएको र २ नम्बर वडा अध्यक्षको टुङ्गो शनिवार लगाएको रुकुम पूर्व पार्टीका जिल्ला संयोजक कुमारी बरालले जानकारी दिनुभयो । नेकपा माओवादी केन्द्र पुथाउत्तरगंगा गाउँपालिका कमिटी अध्यक्ष हर्कबहादुर कामीसहित १० जना आकाङ्क्षी मध्यबाट सहमतिमै पुनलाई उपाध्यक्षको उम्मेदवारमा सिफारिस गरिएको हो । भने २ नम्बर वडा अध्यक्ष पदको लागि ३ जना आकाङ्क्षी मध्यबाट सहमतिमै घर्तीलाई सिफारिस गरिएको पार्टीले जनाएको छ ।

माओवादीको आधार इलाकाका रूपमा परिचित रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा माओवादी केन्द्रले विजय हासिल गर्ने माओवादी केन्द्रले जनाएको छ । यसका साथै नेकपा एमालेले पनि उम्मेदवार टुङ्ग्याई सकेको छ । एमालेले उपाध्यक्षमा केशकुमारी तुलाचन र २ नम्बर वडाध्यक्षमा जीवन रोका मगरलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । नेपाली काँग्रेसले भने उम्मेदवारको टुङगो लगाएको छैन् । पालिका उपाध्यक्ष र वडाध्यक्षको उपनिर्वाचनमा माओवादी विरुद्ध नेपाली काँग्रेस र एमालेले गठबन्धनको तयारी गरिरहेको बुझिएको छ । 

पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा र वडा नम्बर २ का अध्यक्ष जसबहादुर श्रीपालीको गत भदौ २८ गते बागलुङ गलकोट नगरपालिका २ भुङखानीमा भएको गाउँपालिकाको गाडी दुर्घटनामा मृत्यु भएको थियो । जसका कारण उपाध्यक्ष र वडाध्यक्ष पद रिक्त भएपछि आगामी मङ्सिर १६ गते उप निर्वाचन हुन लागेको हो । उपनिर्वाचन हुन लागेका दुवै पदमा नेकपा माओवादी केन्द्रले जितेको थियो ।

 यो पनि पढ्नुहोस

उपनिर्वाचन: पुथाउत्तरगंगामा माओवादी विरुद्ध काँग्रेस र एमाले गठबन्धनको तयारीमा

एमालेले पुथाउत्तरगंगाको उपाध्यक्षमा तुलाचन र वडाध्यक्षमा रोकालाई उठाउने 

प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  १४:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update