Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणी गाउँपालिकाले खुलायो गाउँ प्रहरीको आवेदन, कती माग्यो संख्या ?

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले गाउँ प्रहरीको दरखास्त आह्वाने गरेको छ । गाउँपालिकाले शुक्रबार एक  सूचना जारी गर्दै गाउँ प्रहरी करार पदपूर्तिको लागि सूचना आह्वान गरेको हो । गाउँकार्यपालिकाको असोज १४ गतेको निर्णयानुसार गाउँ प्रहरी करारमा पदपूर्ति गर्नुपर्ने भएकोले सूचना आह्वान गरिएको प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर भण्डारीले  जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँ प्रहरीको लागि  सूचना प्रकाशित भएको १५ दिनभित्र अर्थात मंसिर ७ गतेभित्र  योग्यता पुगेका नागरिकलाई दरखास्त पेश गर्न सूचनामा मार्फत जानकारी बनाएको छ  । गाउँपालिकाले गाउँ प्रहरी सहायक निरीक्षक सहित ११ जनाको आवेदन खुलाएको छ । जसमा  गाउँ प्रहरी जवान खुला ५, महिला २, जनजाती १, दलित १ र  द्धन्द्धपीडित १ जनाको आवेदन  माग गरिएको प्रमुख प्रसाशकीय अधिकृत भण्डारीले जानकारी दिनुभयो ।

 प्रहरी सहायक प्रहरी निरीक्षकको लागि प्रमाणपत्र तह उतिर्ण र जवानको लागि एसएलसी वा एसइइ उतिर्ण गरेको हुनुपर्ने छ । दरखास्त गाउँपालिकाको कार्यालय खारानेटाबाट दिन सकिने गाउँपालिकाले जनाएको छ । त्रिवेणी गाउँपालिकाले गाउँप्रहरीको आवेदन खुलाएसँगै रुकुम पश्चिमका पाँच स्थानीय तहमा नगर प्रहरी रहनेछन् । यस अघी चौरजहारी, मुसिकोट र आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा नगर प्रहरी रहेका छन् । अव बाँफीकोट गाउँपालिकामा गाउँ प्रहरी राख्न बाँकी छ ।

हेर्नुहाेस सूचना ।

466011769_561003193555728_6513008306728143981_n-1731145829.jpg465790954_561003256889055_1645939629920891262_n-1731145829.jpg

प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  १५:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update