Kakhara सबैको खबर सम्पूर्ण खबर
चौतारा मेलामा आयोजित ब्याडमिन्टनमा हिमांशु र सनौलाको जोडी विजेता 

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर ९ राडीमा आयोजित ३० औँ चौतारा मेलाको अवसरमा आयोजित पुरुष ब्याडमिन्टन प्रतियोगिता सकिएको छ । प्रतियोगिता आइतबार सम्पन्न भएको हो । देशका विभिन्न ठाउँका १२ जोडिले प्रतिस्पर्धा गरेको प्रतियोगिता दाङका हिमांशु कँवर र सनौला रैनीको जोडीले जितेको छ । आइतबार भएको फाइनलमा रुकुम पश्चिम आठबिसकोटको नवराज मल्ल र मुस्कान केसीको जोडीलाई पराजित गर्दै हिमांशु र सनौलाको जोडी प्रथम भएको हो ।

यस जोडीले नगद ८० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता बनेको नवराज र मुस्कानको जोडीले नगद ४० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक चौतारा मेला व्यवस्थापन समितिले जनाएको छ । प्रतियोगितामा सिद्धार्थ केसी रियाज अन्सारी तथा सहरोज अन्सारी र अमरेस सिंह जोडी सान्त्वना भएको छ । उक्त दुई जोडीले समान १५/१५ हजार पुरस्कार पाएका छन् ।  

मेलाको अवसरमा सर्वाधिक पुरस्कार राशिको महिला पुरुष भलिबल प्रतियोगिता जारी छ । पुरुष तर्फ विभिन्न ठाउँका १२ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । आयोजक समितिका अध्यक्ष दिलीप बटालाका अनुसार पुरुष भलिबल प्रतियोगिताको विजेताले ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ नगद सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । 

उपविजेता समूहले नगद २ लाख २ हजार २२ रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्दा तेस्रो स्थान प्राप्त गर्ने समूहले नगद १ लाख १ हजार ११ रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने मेला आयोजक समितिका अध्यक्ष बटालाले जानकारी दिनभयो ।

त्यस्तै महिला भलिबल तर्फ विजेताले नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष वटालाले जानकारी दिनुभयो । तेस्रो पुरस्कार नगद ७५ हजार ५ सय ५५ रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र रहेको छ । आयोजकका अनुसार पुरुष भलिबल खुला हो । महिला भलिबल पालिका स्तरीय रहेको छ भने ३ जना पालिका बाहिरका खेलाडी राख्ने सुविधा दिइएको छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update