Kakhara सबैको खबर सम्पूर्ण खबर
नेकपा र कांग्रेस समर्थित युवाहरुविच लफडाः आठबीसकोटका ४ वडा सिल

नेकपा र कांग्रेस समर्थित युवाहरु विचमा दुई दिन देखि झडपको अवस्था सृजना भएपछि आठबीसकोट नगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ । बिहिबार देखि दुई पक्षका युवाहरुका विचमा झडपको अवस्था सृजना भई नगरपालिकाको केन्द्र वडा नं. को राडि सहित आसपासको क्षेत्र अशान्त बन्दा जिल्ला प्रशासन कार्यालयले आज नगरका ४ वडा सिल गरेको हो । अवस्थालाई थप भयभित र अशान्त हुन नदिनका लागि प्रशासनले अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ ।

केहि समुहहरुबाट अनावश्यक भेला हुने, अवान्छित गतिविधिहरु गरी शान्ति सुरक्षा भंग गरी हुलदंगा र असान्ति सृजना गर्न खोज्ने प्रयास भइरहेकाले अर्को सूचना नभएसम्मका लागि नगरका ९, १०, ११ र १२ नम्बर वडामा निशेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जारी गरेको सूचनामा उल्लेख छ । अनावश्यक रुपमा भेला हुँदा अशान्ति सृजना हुनुका साथै कोभिड–१९ को संक्रमण फैलिन सक्ने भन्दै अनावश्यक भिडभाडलाई रोक्नका लागि आज साँझ ६ बजेदेखि अर्को निर्णय नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको सूचनामा जनाईएको छ । प्रशासन ऐन २०२८ को दफा ६(३), ६(३)क र संक्रमक रोग ऐन २०२० को दफा २ बमोजिम ४ वडा सिल गरिएको सुचनामा उल्लेख छ ।

विवाद के हो ?
नगरपालिकाको ९ नम्बर वडा राडी बजारमा विहीबारदेखि नै नेकपा र नेपाली कांग्रेस निकट युवाहरु भेला भएर झडपको प्रयास गरिरहेका छन् । यही कारण दिनभर राडीबजारमा तनाव भएको थियो । नेकपा निकटका युवाहरु र कांग्रेस निकट युवाहरु राडि बजारमा ठुलो संख्यामा बसिरहेका छन् । शुक्रबार(आज) दिउँसो नेपाली कांग्रेस निकट युवाहरु नेकपा निकट युवाहरु वसेको होटलसम्म पुगेर ढुंगा प्रहार गरेका थिए । ढुंगा प्रहारबाट होटलमा सामान्य क्षेती भएको छ ।

केही समय अघिदेखिको विवाद बढ्दै जाँदा झडप भएको हो । दुवै पक्षले झडपको कारण एक अर्काे भएको आरोप लगाउँदै आएका छन् । झडपको स्थिति आएपछि प्रहरीले इलाका प्रहरी कार्यालय बाँफिकोटबाट पनि थप प्रहरी पठाइएको छ । सुरुमा कांग्रेस निकट युवाहरुले जेवि विक र शुशिल विकलाई कुटेका थिए । त्यसपछि नेकपा निकट युवाहरुले कांग्रेस निकट थलबीर परियारलाई कुटेका थिए । यी दुवै घटना स्थानीय स्तरमै मिलाइएको थियो । विशेष गरी बस, जिपको टिकट काउण्टरको विषयमा झडप सुरु भएको बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०७७  १८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update