Kakhara सबैको खबर सम्पूर्ण खबर
२४ घण्टामा रुकुम पश्चिमका ९४ जना संक्रमित

पछिल्लो २४ घण्टामा रुकुम पश्चिममा ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न स्थानीय तहमा १ सय ९९ जनामा गरिएको कोरोना परिक्षणमा ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्ला अस्पताल सल्लेमा ६० जनामा गरिएको परिक्षणमा २४ जनामा, सानीभेरी गाउँपालिका ६८ जनामा गरिएको परिक्षणमा ४१ जनामा, आठबीसकोट नगरपालिकामा २७ जनामा गरिएको परिक्षणमा ६ जनामा, त्रिवेणि गाउँपालिकामा एक जनामा गरिएकोमा १ जनामा र चौरजहारी नगरपालिकामा ४३ जनामा गरिएको परिक्षणमा २२ जनामा कोरोना संक्रमण देखिएको हो । 

चौरजहारीमा पिसिआर विधि मार्फत कोरोना परिक्षण गरिएको हो भने अन्य स्थानीयत हमा एन्टिजेन परिक्षण गरिएको हो । यसैबिच रुकुम पश्चिममा २ जनामा गरिएको कोरोना परिक्षणमा १ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी स्वास्थ्यकर्मी रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जानकारी दिएको छ ।
 

प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update