Kakhara सबैको खबर सम्पूर्ण खबर
स्वाभलम्वी कृषि सहकारी संस्थाको १३ औँ साधारण सभा सम्पन्न, सहकारीकाे  नाफा  कति  ?

स्वाभलम्वी कृषि सहकारी संस्था लिमिटेडकाे १३ औँ साधारण सभा सम्पन्न भएको छ । रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ३ पोखरामा रहेको सहकारीले सोमबार १३ औँ साधारण सभा सम्पन्न गरेको हो । १२ सय ५२ जना शेयर सदस्य रहेको सहकारीले एक वर्षमा एक करोड १४ लाख ११ हजार तीन सय ४६ रुपैयाँको कारोबार गरेको जनाएको छ । 

सहकारीकी कोषाध्यक्ष ज्योति कुमारी केसीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुसार एक वर्षमा १९ लाख तीन हजार ६ सय १४ रुपैयाँ आम्दानी गरेको  छ । भने सहकारीले १५ लाख ६१ हजार ६ सय ८९ रुपैयाँ खर्च गरेकाे उल्लेख गरिएकाे छ । सहकारीले  दुई लाख ४४ हजार एक सय १२ रुपैयाँ  खुद नाफा गरेको कोषाध्यक्ष केसीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरेको छ । 

स्वाभलम्वी सहकारीकी अध्यक्ष यमुना खड्काको अध्यक्षता भएकाे साधारण सभामा जिल्ला सहकारी संघ रुकुम पूर्वका अध्यक्ष वसन्त कुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै ३ नम्बर वडा अध्यक्ष हेराम खड्का, ४ नम्बर वडा अध्यक्ष दालराज घर्ती, जिल्ला समन्वय समिति सदस्य लालजीत बुढा, पूर्व ३ नम्बर वडा अध्यक्ष पशुपति खड्का लगायतको आतिथ्यता रहेको थियो । 

साधारण सभाको सञ्चालन समुह परिचालक सुशील घर्तीले गर्नुभएको थियो ।

462573267_8377623165692781_4452004898227233768_n-1731395325.jpg

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update