Kakhara सबैको खबर सम्पूर्ण खबर

रुकुम पश्चिमको प्रमुख धार्मिक स्थल डिग्रे मन्दिरमा मङ्गलवार (आज) देखि मेला सुरु भएको छ । हरेक वर्षको हरिबोधिनी एकादशी देखि पूर्णिमासम्म विशेष पूजापाठ, बलि सहित मेला लाग्ने गर्दछ । मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । मङ्गलवारबाट मेला सुरु भए पनि केही दिन अघिबाटै डिग्रे मन्दिरमा दर्शनार्थीको संख्या बढेको थियो । 

मङ्गलवार देखि भने मन्दिरमा दर्शनार्थीको घुइँचो सुरु भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । पूजाआजा र बलीका लागि दर्शनार्थीहरु लाइनमा बस्नु परिरहेको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीले मङ्गलवार देखि दर्शनार्थीको संख्या बढेको बताउनुभयो । 

मङ्गलवार एकादशी भएकोले पूजापाठ मात्र भइरहेको र बुधवार देखि भने बलि समेत चल्ने भएकोले दर्शनार्थीको संख्या अझ बढ्ने उहाँको भनाई छ । एकादशी देखि पूर्णिमासम्म ५ दिन मेला लाग्ने गर्दछ । यो वर्ष भने तिथि घटबढका कारण मेला ४ दिन मात्र परेको छ । 

कार्तिक ३० गते भव्य मेला लाग्ने छ । यो मन्दिरमा पूजापाठ, दर्शन तथा बोकाको बलि दिनाले मनले चिताएको मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । जसका कारण यो मन्दिरमा बर्सेनि लाखौँ दर्शनार्थी दर्शन तथा पूजापाठ र बलि चढाउन पुग्ने गर्दछन् । 

फोटो र भिडिओमा हेर्नुहोस् डिग्रे मन्दिरको चहलपहल  

Digre-3-1731407188.jpg

Digre-4-1731407189.jpg

Digre-5-1731407192.jpg

Digre-7-1731407195.jpg

Digre-8-1731407196.jpg

Digre-1-1731407184.jpg

Digre-2-1731407184.jpg

Digre-2081-1731407200.jpg

Digre-6-1731407193.jpg

Digre-9-1731407198.jpg

फाेटाे, भिडिओः मनिष खड्का/कखरा ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update