Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा काँग्रेसको सय दिने साङ्गठनिक अभियान सुरु, के के हुनेछन् गतिविधि ?

रुकुम पश्चिममा पनि नेपाली काँग्रेसको १०० दिने साङ्गठनिक अभियान सुरु भएको छ । यसअघि नै हुने भनिएको अभियान गत भदौमा आएको बाढी, पहिरो जस्ता विपत्का कारण रोकिएको थियो । रुकुम पश्चिममा काँग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले अभियानको शुभारम्भ गर्नुभयो । यो अभियानेले काँग्रेस साङ्गठनिक रूपमा बलियो हुने बताउनुभयो ।

जिल्ला पार्टी कार्यालय बिपी स्मृति भवन मुसिकोटमा भएको एक कार्यक्रमका बिच अभियानको शुभारम्भ गरिएको हो । जिल्ला सभापति प्रेमप्रकाश ओलीले केन्द्रीय परिपत्र अनुसार जिल्लामा पनि एक सय दिने साङ्गठनिक अभियान सुरु भएको जानकारी दिनुभयो । उहाँका अनुसार अभियान अवधिभर पालिकाहरूमा अनुशिक्षण चलाउने र वडा वडा सम्मै क्रियाशील र साधारण सदस्यता वितरण, प्रशिक्षण, कार्यकर्ता भेटघाट लगायतका कार्यक्रमहरू हुने छन् । माघ महिना भरी भातृ सङ्गठनको अधिवेशन समेत सम्पन्न गरिने छ ।

काँग्रेसले अभियानका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । यस्तै काँग्रेस रुकुम पश्चिमले जिल्लाका ६ वटै पालिका तथा ७३ वडामा प्रतिनिधि खटाउँदै कार्यक्रमको मिति समेत तय गरेको छ । सानीभेरी गाउँपालिकामा मङ्सिर २ गते, बाँफिकोट गाउँपालिकामा मङ्सिर ३ गते, आठबिसकोट नगरपालिकामा मङ्सिर ४ गते, चौरजहारी नगरपालिकामा मङ्सिर ५ गते, त्रिवेणी गाउँपालिकामा मङ्सिर ६ गते र मुसिकोट नगरपालिकामा मङ्सिर ७ गते अभियान अन्तर्गतका कार्यक्रम हुने जिल्ला सभापति ओलीले बताउनुभयो ।  

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  २२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update