Kakhara सबैको खबर सम्पूर्ण खबर
रूकुम पश्चिमकाे खलंगामा आज देखि घर ज्वाइँ प्रदर्शन हुने

चलचित्र आज देखि मङ्सिर १ गतेसम्म ४ दिन प्रदर्शन हुने भएको हो । चलचित्र जिल्लामा ४ दिन प्रदर्शन हुन लागेकाे हाे । आजकाे पहिलाे शाे बिहान साढे १२ बजे सुरू हुने बताइएकाे छ । मगर समुदायको संस्कृतिमा आधारित यो चलचित्र सफल चलचित्र हो । टिकट शुल्क विद्यार्थी र १६ वर्षमुनिका बालबालिकाका लागि २ सय र अन्यलाई ३ सय लाग्ने उहाँले बताउनुभयाे । 

दयाहाङ राई र मिरूना मगरको मुख्य भूमिका रहेको यो चलचित्र धेरै कमाउने चलचित्र मध्येको एक हो । चलचित्रमा मगर समुदायमा प्रचलित घर ज्वाइँको रीतिलाई देखाइएको छ । यो चलचित्रको कथा रुकुम पूर्वको तकसेराका अनिल बुढाले लेख्नुभएको हो भने निर्देशन पनि उहाँको नै रहेको छ ।

चलचित्रको निर्माता रोल्पाका जनक घर्ती मगर रहनुभएको छ । यस चलचित्रमा दयाहाङ, मिरुना बाहेक बुद्धि तामाङ, शिशिर वाङ्देल, पुष्कर गुरुङ, सुरेश पुन, भोला सापकोटा, राज थापा काउचा, कविता आले, शिला आले, अनु थापा, बिना मगर, खड्गबहादुर पुन (खबपु) सोनाम लामा, विवेश बुढा, सुनिल मगर लगायत पनि रहनुभएको छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १०:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update