त्रिवेणिका अर्का काेराेना संक्रमितको पनि मृत्यु
याे संगै जिल्लामा मृत्यु हने काेराेना संक्रमितकाे संख्या ९ पुगेकाे छ ।
रुकुम पश्चिमको त्रिवेणि गाउँपालिकाका अर्का एक कोरोना संक्रमितको मृत्यु भएको छ । त्रिवेणि गाउँपालिकाको आईसोलेसनमा उपचाररत ४६ वर्षिय पुरुषका आज बिहान ४ बजेतिर मृत्यु भएको हो । वडा नं. ३ का उक्त पुरुषलाई कोरोना संक्रमण देखिएपछि २६ गते आईसोलेसनमा राखिएको थियो ।
अक्सिजन लेवल घटेपछि उनको आज बिहान मृत्यु भएको गाउँपालिका स्वास्थ्य संयोजक विरवहादुर डाँगीले जानकारी दिनुभयो । यो संगै जिल्लामा मृत्यु हुने कोरोना संक्रमितको मृत्यु ९ पुगेको छ । त्रिवेणि गाउँपालिकाकै एक कोरोना संक्रमित महिलाको गयराति जिल्ला अस्पतालको आईसोलेसनमा मृत्यु भएको थियो ।
प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८ ११:४७
प्रतिक्रिया दिनुहोस्