नेकपा एस कर्णाली प्रदेशको अध्यक्षमा ठगेन्द्रप्रकाश पुरी
नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेशको नयाँ नेतृत्व चयन गरिएको छ । पार्टीको प्रथम कर्णाली प्रदेश अधिवेशनबाट अध्यक्षमा रुकुम पश्चिमका ठगेन्द्रप्रकाश पुरी निर्वाचित हुनुभएको छ । सुर्खेतको वीरेन्द्रनगरमा सोमबार देखि सुरु भएको अधिवेशन पुरीको अध्यक्षतामा सर्वसम्मत १४१ सदस्यीय प्रदेश कमिटी गठन गर्दै सम्पन्न भएको हो । अधिवेशनबाट सचिवमा धिरबहादुर विष्ट र उपसचिवमा धनकुमारी जिसी निर्वाचित भएको पार्टीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१ २१:३४
प्रतिक्रिया दिनुहोस्