Kakhara सबैको खबर सम्पूर्ण खबर

रुकुम पश्चिमको मुसिकाेट नगरपालिका ५ थर्पूमा परम्परागत धार्मिक डिग्रे मेला जारी छ । डिग्रे मन्दिरमा मङ्गलवार देखि मेला सुरु भएको हाे । हरेक वर्षको हरिबोधिनी एकादशी देखि पूर्णिमासम्म डिग्रे मन्दिरमा विशेष पूजापाठ, बलि सहित मेला लाग्ने गर्दछ । हरेक वर्ष एकादशी देखि पूर्णिमासम्म ५ दिन मेला लाग्ने गर्दछ । यो वर्ष भने तिथि घटबढका कारण मेला ४ दिन मात्र परेको छ । कार्तिक ३० गते भव्य मेला लाग्ने छ । यो मन्दिरमा पूजापाठ, दर्शन तथा बोकाको बलि दिनाले मनले चिताएको मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । जसका कारण यो मन्दिरमा बर्सेनि लाखौँ दर्शनार्थी दर्शन तथा पूजापाठ र बलि चढाउन पुग्ने गर्दछन् ।

मान्छेहरू सुरुमा आफ्नो योजना सफल होस भनेर भाकल गर्न मन्दिर पुग्ने गरेको र त्यसपछि योजना सफल भएको खुसीयालीमा समेत मन्दिरमा दर्शनका लागि मन्दिरमा पुग्ने गरेको डिग्रे मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसी बताउनुहुन्छ । यो क्रम परापूर्वकाल देखि नै चल्दै आएको उहाँको भनाई छ । पहिला पहिला मान्छेहरू विशेषगरी छोराको भाकल गर्न मन्दिरमा पुग्ने गरेकामा हाल भने वैदेशिक यात्रा सफल होस, जागिर लागोस्, पढाई सफल होस लगायतका भाकल गर्न मन्दिरसम्म पुग्ने गरेको उहाँले बताउनुभयो ।

डिग्रे मन्दिर कहिले, कसरी र कसले स्थापना गरे ? मेला किन लाग्छ ? यस भिडिओमा हामीले यस्ता यावत प्रश्नको उत्तर खोज्ने प्रयास गरेका छौँ । यी प्रश्नको जवाफ समेटिएको भिडियो हेर्नुहोस् ।

 

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update