Kakhara सबैको खबर सम्पूर्ण खबर
खालचौर मेलामा आयोजित भलिवल प्रतियोगितामा हाम्रो युवा समाज विजेता

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ११ खालचौरमा आयोजित विविध खेलकुद प्रतियोगिताहरू सम्पन्न भएका छन् । हरिवोधिनी एकादशी मेलाको अवसरमा शनिवारबाट आयोजित विविध खेलकुद प्रतियोगिता बुधवार सम्पन्न भएका हुन् । मेलाको अवसरमा वडा खेलकुद विकास समितिले पुरुष भलिबल, एकल नृत्य, घैँटो फोर र भाले तान्ने प्रतियोगिता आयोजना  गरेको थियो । 

पुरुष भलिबल तर्फ साबिक खुला वडा स्तरीय आयोजना गरिएकोमा ११ समूहलाई पछि पार्दै रुघा ५ मा रहेको हाम्रो युवा समाज प्रथम भएको छ । उसले नगद ४० हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै दोस्रो स्थान प्राप्त गरेको साबिक भलाक्चा गाविस वडा नम्बर ७ ले नगद २० हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्दा तेस्राे भएको रुघा ३ र सान्त्वना भएको भलाक्चा ८ ले समान १० १० हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको मेला व्यवस्थापन समितिका सचिव गणेश ओलीले जानकारी दिनुभयो ।

 उहाँका अनुसार एकल नृत्यमा विन्दु पुन प्रथम, कोपिला विक दोस्रो र सुशान्त पुन तेस्रो हुनुभएको छ । एकल नृत्यमा प्रथमले १५ सय, दोस्रोले १ हजार र तेस्रो स्थान प्राप्त गर्नेले ५ सय पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेका छन् । घैँटो फोर प्रतियोगितामा विजेता हेमन्त ओलीले १५ पुरस्कार सहित प्रमाणपत्र, भाले तान्ने प्रतियोगितामा विजेता विजय खड्काले २ हजार बराबरको रातो भाले सहित प्रमाणपत्र प्राप्त गरेको सचिव ओलीले जानकारी दिनुभयो । 

मेला पैसेरु नाच प्रदर्शन गर्ने २ समूहलाई पनि २ हजार ५ सय रुपैयाँका दरले पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको मेला व्यवस्थापन समिति खालचौरले जनाएको छ ।

462551185_588845087147303_4198996347501667368_n-1731578188.jpg

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update