Kakhara सबैको खबर सम्पूर्ण खबर
सतर्कता देखिन्छ गाउँमा पनि
बाँफिकोट गाउँपालिका २, को पिपल, जिपु गाउँ ।

रुकुम पश्चिम बाँफिकोट गाउँपालिका वडा नम्बर १  लागिमका प्रेम चन्द ६ महिना पछि भारत  केरला अन्तर्गतको बाल्लुर भन्ने ठाउँबाट घर  आउनुभयो । पैसा कमाएर घरपरिवारलाई खुसी बनाउने आशाले केरला जानु भएको उहाँ दोस्रो चरणको कोरोना भाइरसको त्राससँगै घर  आउनुभयो । विगतका बर्षहरुमा छोरा आयो भन्दै नजिकै आउने बाआमा, मिठाई ल्याउनु भएको होला भनेर हतार हतार झोला खोल्ने  छोरा छोरी यो वर्ष भने  उहाँदेखि टाढै बसे, घर परिवार रहरले भने टाढा बसेका होइनन् ।

दोस्रो लहरको कोरोना भाइरस कोभिड १९ को डरले घरपरिवारका सदस्यहरु टाढै बसेका हुन् । धेरै साथीहरु सहित केहि दिन अगाडी  गाउँ पुगेका उहाँ एक्लै घरको छुट्टै कोठामा बसिरहनु भएको छ । रुकुम पश्चिम बाँफिकोट गाउँपालिका वडा नम्बर २ का रमेश बस्नेत केरलाबाट घर आएको ५ दिन भयो । उहाँको पनि कथा यस्तै छ । प्रेम र रमेश दुई पात्र मात्र हुन गाउँमा भारत तथा तेस्रो मुलुक बाट आएका थुप्रै युवाहरु यसरी परिवार देखी छुट्टै बसेका छन् । 

यो वर्ष कुनै पनि स्थानीय तहहरुले क्वारेन्टाइनको व्यवस्था नगरेको हुँदा यसरी घरमा छुट्टै बस्नु पर्ने भएको हो । बजेट अभामा क्वारेन्टाइको ब्यवस्था गर्न नसकिएको रुकुम पूर्वको सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल गौतमले बताउनु भयो । समयमै क्वारेन्टाइको व्यवस्था नहुँदा अझै कोरोना संक्रमितहरु बढ्न सक्ने गाउँपालिका अध्यक्ष गौतमले बताउनु भयो । यसबीचमा भारतका विभिन्न ठाउँ र नेपालका पनि विभिन्न सहर र जिल्लाबाट सर्वसाधारण गाउँ आएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update