Kakhara सबैको खबर सम्पूर्ण खबर

प्रसिद्ध धार्मिक स्थल रुकुम पश्चिमको डिग्रे साइकुमारी मन्दिरमा हरेक वर्ष हरिबोधिनी एकादशी देखि कार्तिक शुक्ल पूर्णिमासम्म परम्परागत मेला लाग्ने गर्दछ । मेला यो वर्ष पनि कार्तिक २७ गते हरिबोधिनी एकादशी देखि सुरु भई कार्तिक ३० गते शुक्रवारसम्म लागेको छ । द्वापर युगको अन्त्य तिरबाट सुरु भएको यो मेलालाई दैविक शक्तिसँग जोडेर हेर्ने गरिन्छ । 

यस मन्दिरमा पूजापाठ, दर्शन तथा बोका बलि दिएमा मनले चिताएको पुग्ने धार्मिक जनविश्वास छ । सोही विश्वासका कारण यो मेलालाई यस क्षेत्रकै प्रसिद्ध मेलाका रूपमा लिइन्छ । यो मेला चर्चित हुनुको अर्को कारण छ लट्ठी अर्थात् सगाल नाच । मन्दिरको पूर्वतिर पर्ने साँख गाउँका मानिसहरू मेलाको अन्तिम दिन हातमा लट्ठी लिएर मन्दिर परिसरमा लाग्ने भव्य मेलामा नाच्ने गर्दछन् । 

466039252_988948063229887_725700341566660289_n-1731678471.jpg
उनीहरू साँख गाउँबाटै बाजागाजा सहित हात हातमा लट्ठी बोकेर नाच्दै डिग्रे मेला स्थल मुसिकोट ५ थर्पु सम्म पुग्ने गर्दछन् । मन्दिरमा पुगिसकेपछि डिग्रे साइकुमारी भगवतीको दर्शन गर्दै उनीहरू मन्दिर भन्दा मुनि रहेको मन्दिर परिसरमा गएर नाच्ने गर्दछन् । मन्दिर मुनिको प्राङ्गणबाट उनीहरू पुनः मन्दिरमा पुगी दर्शन गर्दै नाच्ने गर्दछन् । ३, ४ पटक तलमाथि गर्दै नाचेपछि यो नाच समापन गर्ने गरिन्छ । 

यो नाचसँगै मेला समापन भएको मानिन्छ । लट्ठी समाएर एक अर्कामा लट्ठी हानाहान गरेर नाच्ने गरे पनि कसैलाई चोटपटक भने लाग्दैन । यो नाच मेला सुरु भएदेखि नै नाच्ने गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसी बताउनुहुन्छ । 

466348829_988948176563209_2008712903159171022_n-1731678458.jpg
द्वापर युगको अन्त्य तिर उक्त ठाउँमा साइकुमारी भगवती प्रकट भएर यस ठाउँलाई धार्मिक तथा शक्ति पीठका रूपमा स्थापित गर्न लगाएपछि त्यस ठाउँका ब्राहमणहरुले साइकुमारी भगवतीको मन्दिर स्थापना गरी पूजापाठ र मेलाको सुरुवात गरेको इतिहास रहेको अध्यक्ष केसीको भनाई छ । प्राचीनकामा दैवी शक्तिलाई भूत प्रेतबाट डर भएकाले मन्दिरको शक्तिलाई बचाउन लट्ठी नाचको सुरुवात भएको पाइएको बताइन्छ । लट्ठी लिएर नाच्दा भूतप्रेत मन्दिरमा प्रवेश गर्न नपाउने विश्वास छ । साँखका मान्छेहरूले यो नाच नाच्ने भएकाले यस नाचलाई सगाल नाच पनि भनिन्छ ।

465732154_988947989896561_4206033333573988065_n-1731678478.jpg
Digre-2080-(5)1701086957-1731670054.jpg
466165357_988948463229847_7664185296324069313_n-1731678459.jpg

प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update