रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ११ रिठामा बस दुर्घटना भएको छ । काठमाडौँबाट राडीतर्फ जाँदै गरेको प्रदेश ३–०१ ००५ ख ९९६६ नम्बरको बस शनिवार दिउँसो भेरी कोरिडोर स्थित रिठा नजिकै दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । घाइते हुनेमा धादिङ खाग्री गाउँपालिका १ का ३१ वर्षीय चालक खड़कबहादुर तामाङ, सोही गाउँपालिका ६ बस्ने २८ वर्षीय भिमबहादुर भुलन, रुकुम पश्चिमको आठविसकोट नगरपालिका ९ का ३१ वर्षीय प्रकाश गौतम, दोलखा भीमेश्वर नगरपालिका ७ का २६ वर्षीय प्रकाश मगराठी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिनुभयो ।
त्यस्तै घाइते हुने अन्यमा रुकुम पश्चिमको आठविसकोट नगरपालिका ११ का १७ वर्षीय गणेश रसाइली, जाजरकोट नलगाड नगरपालिका ८ की ४५ बर्सिया भिमकुमारी चदारा, उहाँको १० वर्षको छोरा मानबहादुर चदारा, मोरङ खेरुवा नगरपालिका ५ का २८ वर्षीय आकाश काफ्ले र जाजरकोट नलगाड नगरपालिका १२ की २५ बर्सिया सङकुमारी विक रहेको प्रहरी निरीक्षक पाठकले जानकारी दिनुभयो ।
घाइते सबैको अवस्था सामान्य रहेको र अहिले नगर अस्पताल राडीमा उपचार भइरहेको छ । बस अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । बस बिजुलीकाे पाेलमा अड्किएकाे छ भने बिजुलीकाे पाेलले बसलाई भेरी नदीमा खस्नबाट जाेगाएकाे प्रहरीले जनाएकाे छ ।
यो पनि पढ्नुहोस
हेर्नुहाेस घाइतेकाे विवरण