Kakhara सबैको खबर सम्पूर्ण खबर
स्थानीय तह उप निर्वाचन :  पुथाउत्तरगंगामा एमाले र कांग्रेसको गठबन्धन, कांग्रेस उम्मेदवार विहिन 

यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको लागि रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा सत्तारुढ दुई दल नेपाली काँग्रेस र नेकपा एमालेले गठबन्ध गरेका छन् । आइतबार पुथाउत्तरगंगा गाउँपालिकाको तकसेरामा बसेको नेपाली काँग्रेस र नेकपा एमाले विचको दुई दलीय संयन्त्रको पहिलो बैठकले गठबन्धन गर्ने निर्णय गर्दै उम्मेदवारी दर्ता गराएका छन् । उपाध्यक्ष पदमा रुख चुनाव चिन्हवाट दुवै दलको साझा उम्मेदवारको रुपमा नेकपा (एमाले) जिल्ला कमिटी उप–सचिव केसकुमारी तुलाचन र वडा नम्वर २ को वडा अध्यक्ष पदमा सुर्य चुनाव चिन्हवाट दुवै दलको साझा उम्मेदवारको रुपमा नेकपा एमाले जिल्ला कमिटी सदस्य जिवन रोकाको उम्मेदवारी दर्ता गरिएको नेपाली कांग्रेस जिल्ला सभापति केशरमान रोकाले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस पुथामा उम्मेवार विहिन भएको छ । उपाध्यक्ष पद र वडा अध्यक्ष दुवै पदमा नेकपा एमालेले कांगेसलाई मनाएर दुवै पदमा मनोनयन दर्ता गर्न सफल भएको छ । कांग्रेसले गठबन्धनको तर्फबाट साझा उम्मेवारलाई सघाउने प्रतिद्धता जनाएको छ ।त्यस्तै तकसेरामा  बसेको  गठबन्धनको बैठकले विभिन्न निर्णय पनि गरेको छ ।

मंसिर १६ गते हुने उप निर्वाचनमा दुवै दलका साझा उम्मेदवारलाई विजयी गराउनको लागि मतदाताहरुलाई आहान गर्दै साझा चुनावी घोषणा पत्र तयार गर्ने जिम्मेवारी दुवै पार्टीका पालिका सभापति/अध्यक्षलाई जिम्मेवारी दिने, उप निर्वाचनमा १४ वटै वडामा संयुक्त चुनावी सभा तथा घरदैलो गर्ने, जिल्ला संयन्त्रको सहजीकरणमा मंसिर महिना भित्र पालिका स्तरीय संयन्त्र निर्माण गर्ने, दुई दलिय जिल्ला संयन्त्रको वैठकको अध्यक्षता ३/३ महिनामा पालै पालो गर्ने र पहिलो कार्यकालको अध्यक्षता नेकपा (एमाले) पोलिटब्युरो सदस्य एवं रुकुम पूर्वका जिल्ला ईञ्चार्ज खेममान खड्काले गर्ने निर्णय भएको छ ।

नेपाली कांग्रेसको तर्फवाट जिल्ला सभापती सहित सभापतीलेले तोकेको अन्य थप २ जना रहने व्यवस्था अन्तर्गत नेपाली कांग्रेस महासमिति सदस्य लक्षिराम घर्ति र जिल्ला कार्य समिति सदस्य जयवहादुर वुढा लाई नेपाली कांग्रेसको तर्फवाट संयन्त्र सदस्यमा थप गर्ने निर्णय  गरिएको गठबन्धनले जनाएको छ । 


 

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update