यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचको लागि रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ मा स्वतन्त्र उम्मेवादर सहित ४ जनाले मनोनयन दर्ता गरेका छन् । तोकिएको समय विहान १० बजेदेखि साँझ ५ बजेसम्म स्वतन्त्रसहित ३ वटा राजनितिक दलले मनोनयन दर्ता गरेका हुन् । नेपाली कांगेसबाट माेतीराम खत्री, नेकपा माओवादी केन्द्रबाट जसिराम बस्नेत, नेकपा एकीकृत समाजवादीबाट हंशराज पुरी र स्वतन्त्र रूपमा बिरबहादुर बस्नेतले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद बस्यालले जानकारी दिनुभयो ।
नेकपा एमालेले भने मनाेनयन दर्ता गराएको छैन । नेकपा एमाले र नेपाल समाजवादी पार्टीले नेपाली कांगेसलाई सघाउने तयारी देखिएकाे छ । मनोनय दर्ताको काम सकिएसँगै सोमबार उम्मेदवार विरुद्ध दावि विरोधको उजुरी गर्न मिल्ने छ । त्यस्तै मंगलबार मनोनयन दर्ता गराएका उम्मेदवारले मनाेनयन फिर्ता गर्न चाहेमा मनोनयन फिर्ता गर्न सक्नेछन् । भने ५ गते बुधबार अन्तिम नामावली प्रशकासन गरिने मुख्य निर्वाचन अधिकारी बस्यालले जानकारी दिनुभयो । काँग्रेसबाट निर्वाचित वडाध्यक्ष अलबहादुर खत्रीको गत वर्ष निधन भएपछि सानीभेरी ५ मा उपनिर्वाचन हुँदै छ ।