Kakhara सबैको खबर सम्पूर्ण खबर
पुथाउत्तरगंगा उपनिर्वाचन : उपाध्यक्ष पदका लागि चार जना स्वतन्त्रसहित सात जनाको उम्मेदवारी
फाइल फाेटाे ।

यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष पदको लागि ४ जना स्वतन्त्र उम्मेदवार सहित ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय तकसेरामा तीन राजनितिक दलसहित ७ जनाले उम्मेवारी दर्ता गराएका हुन् । नेपाली कांग्रेसको तर्फबाट केशनकुमारी तुलाचन, माओवादी केन्द्रका तर्फबाट नरपुरा बुढा र एकिकृत समाजवादीका तर्फबाट सुनिता बुढा मगरले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत लोकबहादुर हमालले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्वतन्त्रबाट कोपिला पुन बुढा, मोहोनभक्त बुढा, भिमकुमारी पुन र सुर्यदेवी सुनार रहेका छन् ।  २ नम्बर वडा अध्यक्ष पदका लागि नेकपा एमालेको तर्फबाट जिवन रोका, माओवादीको केन्द्रको तर्फबाट जगत घर्ती र स्वतन्त्र उम्मेदारको तर्फबाट शुक्रराज विक रहनुभएको छ ।

यहाँ एमाले र कांगे्रसको तर्फबाट साझा उम्मेदवारलाई सघाउने भन्दै एमाले कांग्रेसले गठबन्धन गरेका छन् । कांगेसका तर्फबाट उपाध्यक्षमा तलाचनको उम्मेदवारी परेपनि उहाँ नेकपा (एमाले) जिल्ला कमिटी उप–सचिव  हुनुहन्छ । उहाँ रुख चिन्हबाट चुनाव लड्ने गठबन्धनले जनाएको छ । यस कारणले पनि  पुथामा उपाध्यक्ष र वडा अध्यक्ष दुवै पदमा कांगे्रस उम्मेदवार विहिन बन्न पुगेको छ । 

पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा र वडा नम्बर २ का अध्यक्ष जसबहादुर श्रीपालीको गत भदौ २८ गते बागलुङ गलकोट नगरपालिका २ भुङखानीमा भएको गाउँपालिकाको गाडी दुर्घटनामा मृत्यु भएको थियो । जसका कारण उपाध्यक्ष र वडाध्यक्ष पद रिक्त भएपछि मङ्सिर १६ गते उप निर्वाचन हुँदै छ । 

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update