रुकुम पश्चिमको आठविसकोट नगरपालिकाले एक हप्ता भित्र अटो रिक्सा दर्ता तथा नविकरण गर्न अनुरोध गरेको छ । आइतबार नगरपालिकाले एक सूचना जारी गर्दै नगरपालिका क्षेत्र अधिकार भित्र सञ्चालनमा रहेका अटो रिक्सा व्यवसायीहरुलाई एक हप्ता भित्र दर्ता तथा नविकरण गर्न अनुरोध गरेको हो । आर्थिक वर्ष २०८१/०८२ को लागि यस अघि दर्ता गरेको भए दर्ता गरेको अस्थायी इजाजत प्रमाणपत्र पेश गरी नवीकरण गर्न र दर्ता नगरेको भए दर्ता गर्न निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश गौतमले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
अटो रिक्सा दर्ता गर्नको लागि सवारी साधन धनि व्यक्तिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, सवारी साधन दर्ता प्रमाणपत्रको प्रतिलिपी, सवारी चालक अनुमति प्रमाणपत्र प्रतिलिप पेश गर्न भनिएकाे छ । त्यस्तै सवारी साधन बीमा सम्बन्धी कागजात, सवारी साधन कर चुक्ता र सवारी धनि प्रमाणपत्र प्रतिलिपि, अस्थायी बाटो इजाजत प्रमाण पत्रको प्रतिलिपि पेश गर्न भनिएको छ ।
दर्ता वा नवीकरण नगरि अटो रिक्सा सञ्चालन गरिएको पाईएमा कानून बमोजिम कारबाही गरिने आठविसकोट नगरपालिको जनाएको छ । हाल आठविसकोट नगरपालिकाको विभिन्न ठाउँमा अटो रिक्सा सञ्चालन भइरहेका छन् ।