रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर २ विजयश्वरीमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । मंगलबार बिहान ३२ वर्षीया दिपा कुमालले आफ्नै श्रीमान ४० वर्षीय मधु कुमालको हत्या गरेकि हुन ।
मङगलबार बिहान अन्दाजी साढे २ बजेको समयमा दिपाले आफ्नै श्रीमानको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सुचना अधिकार प्रहरी निरीक्षक ॠषि पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार दाउराको चिर्पटले टाउकोमा प्रहार गरेर मृत अवस्थामा रहेको खबर मृतकका छोरा १८ वर्षीय खिम कुमालले प्रहरीलाई खबर गरेका थिए ।
सूचना लगत्तै ईलाका प्रहरी कार्यालय चौरजहारीबाट गएको प्रहरी टोलीले आरोपी महिलालाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय चौरजहारीमा राखेको छ । मृतकको शव भने पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याउने तयारी भईरहेको प्रहरी निरीक्षक पाठकले जानकारी दिनुभयो ।
घरायसी विवादको कारण श्रीमानको हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।