Kakhara सबैको खबर सम्पूर्ण खबर
श्रीमतीको स्मृतिमा १५ लाख बराबरको जग्गा दान 

राप्ती साहित्य परिषद् रुकुम पश्चिमका अध्यक्ष मनलाल ओलीले आफ्नी स्वर्गीय श्रीमतीको सम्झनामा करिब १५ लाख बराबरको जग्गा दान गर्नुभएको छ । श्रीमती राधा ओलीको स्मृतिमा आफू र आफ्ना सन्ततिको तर्फबाट राप्ती साहित्य परिषद्का नाममा मुसिकोट नगरपालिका ५ मा रहेको कित्ता नम्बर ३२८१ रहेको १ सय वर्गमिटर जग्गा दान गर्नुभएको हो । स्मृति भवन निर्माणका लागि जग्गा दान गरेको ओलीले बताउनुभयो ।

श्रीमतीका नाममा स्मृति भवन निर्माणका लागि आफूले परिषद्लाई जग्गा उपलब्ध गराएको उहाँले बताउनुभयो । तेस्रो कार्यकालका लागि परिषद्को अध्यक्ष रहनुभएका ओलीले सामाजिक सेवा र श्रीमतीको सम्झनाका लागि जग्गा उपलब्ध गराएको र यसमा परिषद्ले भवन निर्माण गर्ने निर्णय भएको बताउनुभयो । राधा ओलीको गत साउन २१ गते उपचारको क्रममा निधन भएको थियो । 

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update