Kakhara सबैको खबर सम्पूर्ण खबर
राप्ती साहित्य परिषद्को ‘प्रदीप्त दियालो’को पाँचौँ अङ्कको लोकार्पण
प्रदीप्त दियालाे लाेकार्पण गरिदै ।

राप्ती साहित्य परिषद् रुकुम पश्चिमको प्रकाशन प्रदीप्त दियालोको लोकार्पण भएको छ । आज एक कार्यक्रमका बिच प्रदीप्त दियालोको पाँचौँ अङ्कको लोकार्पण गरिएको हो । कर्णाली प्रदेशका पूर्व सचिव भरतकुमार शर्मा, साहित्यकार एवं कोष तथा लेखा नियन्त्रक कार्यालय रुकुम पश्चिमका प्रमुख पूर्ण ओली, परिषद्का अध्यक्ष मनलाल ओली, पूर्व अध्यक्ष गिरीप्रसाद बुढाले संयुक्त रूपमा लोकार्पण गर्नुभयो ।

प्रदीप्त दियालोमा ४६ वटा लेख रचनाहरू समावेश छन् । संस्मरण, कविता, गजल, मुक्तक, कथा, लघु कथा लगायतका लेख रचना समावेश रहेको राप्ती साहित्य परिषद् रुकुम पश्चिमका अध्यक्ष मनलाल ओलीले जानकारी दिनुभयो । पुराना र अनुभवी साहित्यकारका साथै उदयमान सर्जकहरूका सिर्जनालाई स्थान दिइएको उहाँको भनाई छ । प्रदीप्त दियालो वार्षिक रूपमा प्रकाशन हुँदै आएको छ ।

राप्ती साहित्य परिषद्का अध्यक्ष मनलाल ओलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव ओमबहादुर खत्रीले गर्नुभएको थियो । प्रदीप्त दियालोको साहित्यकार तथा त्रिजमाविका पूर्व प्रधानाध्यापक हरिप्रसाद खनालले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update