जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमा केहिदिन यता सेवाग्राहीको भिड हुने गरेको छ । दशैं सकिए लगतै सेवाग्राहीको भिड हुन थालेको प्रशासनमा सेवाग्राहीको विहानैदेखि भिड हुने गरेको छ । दशैं, तिहार पश्चात प्रशासनिक कामको लागि जिल्ला प्रशासनमा कार्यालय समय भन्दा पहिलेनै सेवाग्राहीको भिड लाग्ने गरेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पछिल्लो सयम दैनिक एक सय देखि १ सय ५० जना सेवाग्राही आउने गरेका छन् । प्रशासन कार्यालबाट दशैपछि दैनिकी ९० देखि एक सय जनाले नयाँ नागरिकता लिने गरेका छन् । भने ३० जना भन्दाबढी सेवाग्राहीले दैनिकी राहदानी बनाउने गरेका छन् । प्रशासनबाट दैनिकी २५ भन्दाबढी सेवाग्राहीले अन्य सिफारिस लिने गरेको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिनुभयो ।
दशैंभन्दा अघी दैनिकी ३०/३५ जना प्रशासनिक कामको लागि सेवाग्राही आउने गरेमा दशैंपछि भने प्रशासनमा सेवाग्राहीको भिड लाग्ने गरेको उहाँको भनाई छ । सेवाग्राहीको भिड लाग्न थालेपछि जिल्ला प्रशासनको अन्य शाखामा काम गर्ने कर्मचारी, निर्वाचन कार्यालय र जिल्ला कारागारमा कार्यरत एक एक जना कर्मचारी समेत थप गरेर सेवा प्रवाह भइरहेको सहायक प्रजिअ रेम्मीले जानकारी दिनुभयो ।
प्रशासनबाट नयाँ नागरिकता, राहदानी, राष्ट्रिय परिचय पत्र, नाबालक परिचय पत्र लगायत अन्य सिफारिसको लागि सेवाग्राही आउने गरेका छन् । सेवाग्राहीको भिड बढेसँगै भिड व्यवस्थापनको लागि केही प्रहरीसमेत थप गरिएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।