नेराकस(सिटिइभिटी) को कर्णाली प्रदेश अध्यक्षमा शर्मा चयन
नेपाल राष्ट्रिय कर्मचारी संगठन (सिटिईभिटी) कर्णाली प्रदेशको प्रथम अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सपम्न भएको छ । शुक्रबार रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा भएको संगठनको प्रथम अधिबेशनले यज्ञश्वर शर्माको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्माण गरेको हो । जसको उपाध्यक्षमा जाजरकोट बहुप्राविधिक शिक्षालयका कमल मल्ल, कर्णाली प्राविधिक शिक्षालयका कर्णप्रसाद शर्मा, सचिवमा सहिद नेत्रलाल बहुप्राविधिक शिक्षालयका मोहन भण्डारी, सह सचिवमा शिशिर लामिछाने र कोषाध्यक्षमा कर्णाली प्राविधिक शिक्षालय जुम्लाका निराजन सेजुवाल चयन हुनुभएको छ ।
सदस्यहरु हेमराज गिरी,जतिन राई र अनिल नकी चयन हुनुभएको हो । अन्य सदस्यहरु प्रदेश समितिको बैठकले मनोनित गर्ने समितिले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१ १४:२४
प्रतिक्रिया दिनुहोस्