Kakhara सबैको खबर सम्पूर्ण खबर
पुथामा माओवादी केन्द्रको चुनावी कार्यक्रम जारी

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा मंसिर १६ गते हुन् लागेको उप निर्वाचनको लागि नेकपा माओवादी केन्द्रले उम्मेदवार सहितको कोण सभा ८ नम्बर वडाको गरालीमा गरेको छ । शुक्रबार  ९ नम्बर वडाको खारबाङमा जजभेटघाट गरेको पार्टीले आज ८ नम्बर वडाको गरालीमा कोणसभा सहितको चुनावी कार्यक्रम गरेको हो ।  उपाध्यक्ष पदको उम्मेदवार नरपुर बुढा पुनलाई विजय बनाउनको लागि माओवादी केन्द्रले उम्मेदवार सहितको वडा स्तरीय कोण सभा  तथा जनभेटघाटलाई तिव्रता दिएको छ

उम्मेदवारको परिचय सहित जनताका गुनासा तथा सुझाव संकलन गर्दै पार्टीले मतदातासँग जनभेटघाट गरी मतदातालाई उपाध्यक्ष पदकी उम्मेदवार बुढालाई मतदान गरी  विजय बनाउ आग्रह गरिरहेको छ । शनिबार गरालीमा भएकाे कोण सभालाई सम्वोधन गर्दै पालिका उपाध्यक्षकी उम्मेदवार बुढाले स्वर्गिय उपाध्यक्ष भुपेन्द्रा बुढाको सपना पूरा गर्न आफुले उम्मेदवारी दिएको बताउनुभयो । जनता मार्फत पाएको मतको सदुपयोग गरी भुपेन्द्राले गर्न चाहेका अधूरा कामलाई पुरा गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभभयो । आफु निर्वाचिन भएमा राज्यले दिएको अधिकारलाई प्रयोग गरी विकास निर्माणका साथै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको पक्षमा काम गर्ने समेत उम्मेदवार बुढाले बताउनुभयो ।  

पार्टीका ८ नम्बर वडा अध्यक्ष गणेशकुमार रोका अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य कमला रोका, पार्टी केन्द्रीय सदस्य तथा वाइसीयल नेपालका केन्द्रीय अध्यक्ष सुबोधराज शेर्पाली, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य ओमकुमारी शाही मल्ल, प्रदेश सम्पर्क समन्वय समिति सदस्य इन्द्रीरा रोका, पार्टीका  प्रदेश सदस्य द्वय ओमकुमारी शाही र जीवन केसी, वाइसीयल नेपालका जिल्ला अध्यक्ष नमेन्द्र सुनार पार्टीका वडा इन्चार्ज महेन्द्र मल्ल लगायतका नेताहरुको उपस्थिति रहेको थियो । 

पुथाउत्तरगंगामा गाउँपालिका उपाध्यक्ष पदको लागि नेपाली काँग्रेस र नेकपा एमाले तथा माओवादी र एकीकृत समाजवादीले गठबन्धन गरेका छन् । यहाँ काँग्रेस, एमाले गठबन्धनबाट केशकुमारी तुलाचन र माओवादी, एकीकृत समाजवादीबाट नरपुरा बुढा उपाध्यक्ष पदको लागि चुनावी मैदानमा होमिनु भएको छ ।

पुथाउत्तरगंगा गाउँपालिकामा  रिक्त रहेकाे उपाध्यक्ष पदमा विजय हासिल गर्न  राजनीतिक दलहरू प्रचारप्रसारमा जुटेका छन् । गाडी दुर्घटनामा परी उपाध्यक्ष भुपेन्द्रा बुढा र २ नम्बर  वडा अध्यक्ष जसबहादुर श्रीपालीको मृत्यु भएपछी उक्त पद  रिक्त रहेकाे  थियाे । २ नम्बर वडा अध्यक्ष पदमा भने माओवादी केन्द्रबाट जगत घर्ती निर्विरोध निर्वाचित भइसक्नु भएको छ । अव यहाँ उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदै छ । 

प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  १९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update