रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका ५० व्यक्तिलाई सुरक्षित आवास सचेतना लागि सहभागितामुलक अवधारणा सम्बन्धी तालिम प्रदान गरिएको छ । पालिकाको दुई ठाउँ वडा नम्बर २ को सिम्रुतु र वडा नम्बर ८ काे पेउघाका स्थानीयलाई २ दिने सुरक्षित आवास सचेतना लागि सहभागितामुलक अवधारणा सम्बन्धी तालिम प्रदान गरिएको हो । गाउँपालिकाकाे सहजिकरण, एफसिडिओको आर्थिक सहयोग तथा आईओएम नेपालद्धारा सञ्चालित परियोजना मार्फत स्थानीयलाई दुई दिने सुरक्षित आवास सचेतनामुलक अवधारणा सम्बन्धी तालिम प्रदान गरिएको त्रिवेणी गाउँपालिका बिपत् फोकल प्रर्शन तथा पास्सा प्रशिक्षक खिमबहादुर ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सिम्रुतुमा बुधबार र बिहीबार वडा नम्बर २, ३, ६ र ७ का २५जना स्थानीयलाई तालिम दिएको हो । भने पेउघामा शुक्रबार र शनिबार ८ नम्बर वडाका २५ जना स्थानीयलाई तालिम प्रदान गरिएको हो । तालिममा सहभागिहरुलाई सुरक्षित आवास बनाउने तरिका, जोखिम अवस्थाको मुल्यांकन, आवास निर्माण गर्दा पुर्याउनु पर्ने मापदण्ड, नसांकन लगायत जुनसुकै विपत्बाट बच्न कसरी सुरक्षित आवास निर्माण गर्ने विषयमा प्रशिक्षण दिएको विपत् फोकल प्रर्शन ओलीले जानकारी दिनुभयो । तालिमको प्रशिक्षकको रुपमा विपत् फोकन पर्शन ओली, पालिकामा कार्यरत महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सिर्जना ओली र सव इन्जिनियर नविन खड्काले गर्नुभएको थियो ।
यस अघी वडा नम्बर ९ र १० मा नेपाल रेडक्रस सोसाइटिले सुरक्षित आवास सचेतना सम्बन्धी तालिम प्रदान गरिसकेको छ ।अव बाँकी रहेका वडा नम्बर १, ४ र ५ मा पनि अन्य संघसंस्थाको सहकार्यमा तालिम प्रदान गर्ने योजना रहेको त्रिवेणी गाउँपालिका रुकुम पश्चिमले जनाएको छ ।