Kakhara सबैको खबर सम्पूर्ण खबर

नेपाल क्रिकेट सङ्घ क्यानले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिगको मिति नजिकिएसँगै एनपिएलको माहौल तातिएको छ । नेपालभरमा मात्र नभएर विश्वभरमा नै एनपिएलको चर्चा चुलिएको छ । समर्थकहरू यति बेला आफ्नो टिमको समर्थनमा जुटिसकेका छन् । सामाजिक सञ्जाल देखि चोक तथा चिया चौतारीसम्ममा एनपिएलको चर्चा चुलिएको छ भने समर्थकले आ आफ्नो टिमले जित्ने दाबी गरिरहेका छन् ।

क्रिकेटमा समर्थकलाई १२ औँ खेलाडीको रूपमा लिने गरिन्छ । घरेलु दर्शकको समर्थनले फाइदा गर्ने हुँदा धेरै टिमले घरेलु मैदानमा खेल्न बढी रुचाउँछन् । क्रिकेटमा घरेलु दर्शकको महत्त्व कति छ भनेर नेपालले टियु मैदानमा खेल्ने खेलहरूलाई हेरे पुग्छ । पहिलो संस्करण भएको, नेपाल क्रिकेट सङ्घ आफैँले आयोजना गरेको र विश्व स्तरमा खातीप्राप्त खेलाडीहरू सहभागी हुने भएपछि एनपिएलमा सहभागी ८ वटै फ्रेन्चाइज टोलीका हजारौँ समर्थकहरू छन् । कुन टिमका ठ्याक्कै कति समर्थक छन् भनेर छुट्टाउन मुस्किल छ ।

तर हामी आजको यस भिडिओमा हामी सामाजिक सञ्जालमा कुन टिमलाई कति समर्थकहरूले पछ्याइरहेका छन् भनेर जान्ने प्रयास गर्दै छ । यसकै आधारमा ठोकुवा गर्न नसकिने भए पनि कुन टिमलाई समर्थकले बढी रुचाइरहेका छन् वा पछ्याइरहेका छन् भनेर अनुमान लगाउन सकिन्छ । अब लागौँ एनपिएलमा सहभागी कुन फ्रेन्चाइज टोलीका कति समर्थक छन् भनेर जान्न तिर । 

समर्थकको सङ्ख्याका आधारमा आठौँ नम्बरमा छ चितवन राइनोज 
नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख ब्याटर कुशल मल्ल मार्की प्लेयर रहेको चितवन राइनोज समर्थकका आधारमा कमजोर देखिएको छ । आठ टिम मध्ये चितवन आठौँ अर्थात् अन्तिममा रहेको छ । उसलाई सामाजिक सञ्जाल फेसबुकमा २८ हजारले पछ्याइरहेका छन् । सामाजिक सञ्जालमा प्रचारमा समेत चितवन राइनोज कमजोर देखिएको छ । उसले फेसबुकमा समर्थन बढ्ने गरी खासै केही गतिविधि गर्न सकिरहेको छैन । 

Chitwan-1732620368.jpg
नम्बर ७ मा रहेको छ जनकुपुर बोल्ट्स 
नेपाल राष्ट्रिय टिमका ओपनर आसिफ सेख मार्की खेलाडी रहेको न्युजिल्याण्डका जिमी निसम जस्ता ठुला खेलाडीलाई भित्र्याएर चर्चामा रहेको जनकपुर बोल्ट्सले सामाजिक सञ्जालमा भने अपेक्षित समर्थन पाउन सकिरहेको छ । यो सामग्री तयार पार्दासम्म जनकपुर बोल्ट्सलाई फेसबुकमा ३९ हजारले फ्लो गरेका छन् । जनकपुर पनि समर्थकको फेब्रेट बन्न सकिरहेको छैन । 

Janakpur-Bolts-1732620370.jpg
छैटौँ नम्बरमा छ काठमाडौँ गुर्खाज 
पूर्व मिस नेपाल शृङ्खला खतिवडा समेत सम्मिलित काठमाडौँ गुर्खाज सर्वाधिक चर्चामा छ । नेपाल क्रिकेट सङ्घ क्यानले फ्रेन्चाइज बिक्री गर्दा काठमाडौँले सर्वाधिक दोस्रो बढी मूल्य पाएको थियो । यो टिम स्वामित्व कान्तिपुर पब्लिकेशनले ३ करोड ३३ करोडमा खरिद गरेको थियो । तर सामाजिक सञ्जालमा भने जुन खालको चर्चा छ सो अनुसार समर्थन पाउन सकेको छैन । नेपाली राष्ट्रिय टिमका प्रमुख बलर करण केसी मार्की प्लेयर रहेको काठमाडौँका फेसबुकमा फ्लोर्स ४४ हजार मात्र छन् । 

KTM-1732620372.jpg
पाँचौँ नम्बरमा ५ विराटनगर किंग्स 
विश्व प्रसिद्ध लेक स्पिनर सन्दीप लामिछाने मार्की प्लेयर रहेको विराटनगर पनि सामाजिक सञ्जालमा खास चर्चित छैन । वल्र्डक्लास बलर सन्दीप लामिछाने र वल्र्डक्लास ब्याट्सम्यान न्युजिल्याण्डका मार्टिन गप्टिललाई भित्र्याएर विराटनगरले आफूलाई उपाधिको प्रमुख दाबेदारका रूपमा प्रस्तुत गरेको छ । विराटनगरका फेसबुकमा ४६ हजार फ्लोर्स रहेका छन् । 

Biratnagar-1732620368.jpg
चौथो नम्बरमा ५ कर्णाली याक्स 
सुरुमा खासै चर्चामा नरहेको तर सामाजिक सञ्जालमा सबै भन्दा सक्रिय कर्णाली याक्स हो भन्दा फरक नपर्ला । समर्थक बढाउन कर्णाली याक्सले सामाजिक सञ्जालमा विभिन्न गतिविधि गरिरहेको छ । मुस्किलले १ करोड ११ लाखमा बिक्री भएको कर्णाली सबैभन्दा कम मूल्यमा बिक्री हुने टिम हो । सोमपाल कामीलाई मार्कीका रूपमा पाएको कर्णालीले नेपालका प्रमुख अलराउन्डर गुलशन झाँलाई समेत गोलापर्थाबाट भित्र्याउन सफल भएको थियो । कर्णालीले विदेशी खेलाडी भित्र्याउने क्रममा सबैलाई माथ खुवाउने गरी भारतका चर्चित क्रिकेटर शिखर धवनलाई भित्र्याएको छ । कर्णाली एन्थमका कारण पनि चर्चामा रहेको छ । हाल सामाजिक सञ्जालमा वन अफ द वेस्ट टिमको रूपमा चर्चित कर्णाली याक्सका पनि सामाजिक सञ्जालमा अपेक्षित फ्लोर्स छैनन् । कर्णालीले यो सामग्री तयार पार्दासम्म फेसबुकमा ६७ हजारको साथ पाएको छ ।

Karnali-1732620370.jpg
तेस्रो नम्बरमा रहेको लुम्बिनी लायन्स
सामाजिक सञ्जालमा सबैभन्दा धेरै समर्थन पाउने उत्कृष्ट तीन टिम मध्ये तेस्रो नम्बरमा छ नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेल मार्की खेलाडी रहेको लुम्बिनी लायन्स । उसलाई फेसबुकमा ८८ हजार जनाले पछ्याएका छन् । लुम्बिनी लायन्स सामाजिक सञ्जालमा फेव्रेट देखिएको छ । 

Lumbini-1732620373.jpg
नम्बर २ मा रहेको छ पोखरा एभेन्जर्स 
१ लाखको क्लबमा प्रवेश गरेको पोखरा एभेन्जर्स सामाजिक सञ्जालको समर्थनका आधारमा दोस्रो नम्बरमा छ । यो सामग्री तयार पार्दासम्म फ्लोर्सको सङ्ख्या १ लाख पुग्ने टोली २ वटा मात्र छन् जसमा एक हो पोखरा । नेपाली राष्ट्रिय टिमका प्रमुख खेलाडी कुशल भुर्तेल मार्की प्लेयर रहेको पोखरा सामाजिक सञ्जालमा समेत समर्थकहरूको सर्वाधिक दोस्रो रोजाइमा परेको छ । यो सामग्री तयार पार्दासम्म पोखराका १ लाख ५ हजार फ्लोर्स पुगेका छन् । पोखरा सर्वाधिक महँगो ३ करोड ५७ लाखमा खरिद भएको टिम पनि हो । 

Pokhara-1732620374.jpg
अब लागौँ नम्बर १ अर्थात् टप वानमा पर्न सफल टिम तर्फ 
तपाइहरूले पक्कै पनि अनुमान लगाइसक्नुभयो होला टप वानमा को छ भनेर । हो तपाइको अनुमान सही छ समर्थकका आधारमा सर्वाधिक रुचाइएको टिम हो वान एन्ड वन्ली सुदूरपश्चिम रोयल्स । नेपाली टाइगरका रूपमा चर्चित दीपेन्द्रसिंह ऐरी मार्की खेलाडीका रूपमा रहेको सुदुरपश्चिम सामाजिक सञ्जालमा सर्वाधिक रुचाइएको टिम हो । नेपाल प्रिमियर लिगको आधिकारिक फेसबुकमा भन्दा सुदूरपश्चिम रोयल्सलाई पछ्याउने समर्थकको सङ्ख्या धेरै छ । अहिले १ लाख ३६ हजार समर्थक रहेको सुदूरपश्चिम रोयल्स सबैभन्दा पहिला एक लाखको क्लबमा प्रवेश गर्ने पहिलो फ्रन्चाइज टोली हो । 

Sudur-1732620374.jpg

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update