रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष पदको उम्मेदवार नरपुरा बुढा पुनले आफू निर्वाचित भएमा कृषकलाई कृषिलाई जोड्ने बताउनुभएको छ। पालिकामा उत्पादन हुने रैथाने बालीलाई उत्पादन गर्न किसानलाई प्रोत्साहन गर्ने बताउनुभयो । बुधवार उम्मेदवार सहितको वडा स्तरीय कोण सभालाई सम्बोधन गर्दै पुथाउत्तरगंगावासीको पेसा कृषि भएको हुँदा जनतालाई कृषि पेसामा जोड्ने योजना रहेको बताउनुभयो । किसानले उत्पादन गरेको अन्नलाई बजारसम्म पुर्याउन आफ्नो भूमिका रहने उहाँको भनाई रहेको थियो ।
सिमी, भांगाे मकै, आलु, जौ, भटमास, लगायत रैथाने बालीलाई उत्पादन गरी किसानलाई कृषिमा निर्भर बनाउने बताउनुभयो । माटो अनुसारको अन्न बाली फलाउन कृषि सम्बन्धीका कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो । अहिले पनि पालिकामा उत्पादन भएको स्याउले बजार नपाएको स्मरण गर्दै स्याउलाई बजारसम्म पुर्याउन पहल गर्ने समेत बताउनुभयो । दुई वर्षको समय अवधिमा घोषणा गरिएका सबै काम पूरा गर्ने प्रयास गर्ने उहाँले बताउनुभयो आफू निर्वाचित भइसके पछि जनताको मन बुझेर काम गर्ने उहाँकाे भनाई छ ।
जनताले दिएको मतको सदुपयोग गरी राज्यबाट पाएको अधिकारलाई प्रयोग गरेर जनताको सेवा गर्ने बताउनुभयो । यति मात्र नभई शिक्षा, स्वास्थ्य, सडक, विद्युत, खानेपानी र पर्यटनलाई समेत जोड दिने बताउनुभयो । पालिकामा रहेको चालचलन, रीतिरिवाज, संस्कृतिलाई सहित परम्परागत शैलीमा निर्माण भएका घरको संरक्षणमा समेत ध्यान दिने उहाँले बताउनुभयो । स्वर्गीय उपाध्यक्ष भूपेन्द्रा बुढाले सुरु गरेका विकास निर्माणलाई पूर्णता दिने समेत उहाँले बताउनुभयाे ।
पार्टीका गाउँपालिका उपाध्यक्ष गङ्गा बुढाको अध्यक्षता रहेको कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य कमला रोका, पार्टीका प्रदेश सम्पर्क समन्वय समिति सदस्य इन्दिरा रोका, एकीकृत समाजवादी पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज भीउमान घर्ती मगर, वाइसीयल नेपालका अध्यक्ष नामेन्द्र सुनार, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य सोहेल श्रेष्ठ लगायतका नेताहरूको उपस्थिति रहेको थियो । पार्टीले पालिका उपाध्यक्ष पदको उम्मेदवार नरपुरा बुढा पुनलाई विजय बनाउनको लागि पालिकामा तीन कमान्ड विभाजन गरेर चुनावी प्रचारप्रसार गरिरहेको छ। वडा स्तरीय बैठक मतदाता शिक्षा पार्टीका गतिविधि तथा, वडा भेला, विकास निर्माणका लगायतका विषयमा छलफल तथा उम्मेदवार सहितको कोण सभा सहित प्रचारप्रसार गरिरहेको छ।