Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोट खलंगा बहुमुखी क्याम्पसको प्रमुखमा बुद्धिप्रसाद गौतम

रुकुम पश्चिमको जेठो क्याम्पस मुसीकोट खलंगा बहुमुखी क्याम्पसको प्रमुखमा बुद्धिप्रसाद गौतम नियुक्त हुनु भएको छ । मध्यपश्चिमाञ्चल विश्व विद्यालयले आज उहाँलाई क्याम्पस प्रमुखमा नियुक्त गरेको हो । 

क्याम्पस प्रमुखका लागि ६ जनाको आवेदन परेकामा गौतम सहित हरिविष्णु ओलीको नाम सर्ट लिस्टमा परेको थियो । दुई जना मध्यमा गौतम क्याम्पस प्रमुखमा नियुक्त हुनु भएको हो । उहाँको कार्यकाल ४ वर्षको रहने छ । इलामको चुलाचुली पुख्र्यौली घर भइ हाल कास्कीको पोखरा बसोवास गर्दै आउनुभएका भएका गौतम विगत १५ वर्ष देखि यस क्याम्पसमा कार्यरत हुनुहुन्छ । 

उहाँ शिक्षा संकाय तर्फ जनसंख्या विषयको उपप्राध्यापक हुनुहुन्छ । क्याम्पस प्रमुखमा नियुक्त भएपछि गौतमले क्याम्पसको शैक्षिक गुणस्तर विकासका लागि आफ्नो ध्यान केन्द्रीत हुने बताउनुभएको छ । शिक्षाविद्हरु संग छलफल गरेर समग्र क्याम्पसको विकास र शैक्षिक गुणस्तर सुधारका लागि योजना बनाएर अगाडि बढ्ने उहाँले प्रतिक्रिया दिनुभयो ।

‘विद्यार्थी संख्या बढाउने देखि आवश्यक भौतिक संरचना निर्माणसम्मका काममा योजना बनाएर लाग्ने छु, उहाँले कखरासंग भन्नुभयो, मेरो कार्यकालमा क्याम्पसलाई कुनै न कुनै रुपमा सुधार गर्ने छु ।’ यसअघि मुकुन्दप्रसाद शर्मा क्याम्पस प्रमुख हुनुहुन्थ्यो ।
 

प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update