स्यार्पू हाइड्रोपावरमा काम गर्ने क्रममा करेन्ट लागेर एक मजदुरको मृत्यु
रुकुम पश्चिमको बाफिकोट गाउँपालिका वडा नम्बर ३ मा करेन्ट लागेर एक जनाको मृत्यु भएकाे छ। ३ नम्बर वडाको भाग्लेमा निर्माण हुँदै गरेको स्यार्पू हाइड्रोपावर आयोजनामा काम गर्ने मजदुरको करेन्ट लागेर मृत्यु भएको हो ।
सल्यान जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर २ का ३२ वर्षीय मानबहादुर नेपालीको मृत्यु भएको वडा अध्यक्ष तिलविर केसीले जानकारी दिनुभयो।
बिहिबार दिउँसो ३ बजेको समयमा स्यार्पू हाइड्रोपावर जल विद्युत आयोजना भाग्लेमा काम गर्ने क्रममा नेपालीकाे करेन्ट लागेर मृत्यु भएको वडा अध्यक्ष केसीले जानकारी दिनुभएको।
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१ १९:४४
प्रतिक्रिया दिनुहोस्