Kakhara सबैको खबर सम्पूर्ण खबर
कर्णालीमा मन्त्रिपरिषद पुनर्गठन, आर्थिक मामिला तथा योजना मन्त्रीकाे जिम्मेवारी रूकुम पश्चिमका शर्मालाई
qmdzM afofFaf6 आन्तरिक मामिला कानुन, युवा तथा खेलकुद मन्त्री विन्दमान विष्ट, आर्थिक मामिला तथा योजना मGqL गोपाल शर्मा, र जलस्रोत तथा ऊर्जा विकास मन्त्री सीताकुमारी नेपाली .

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । मुख्यमन्त्री शाहीले बुधवार तीन नयाँ मन्त्री थप गरेर मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो । मुख्यमन्त्री शाहीले आर्थिक मामिला तथा योजना मन्त्रालयमा गोपाल शर्मा, आन्तरिक मामिला कानुन, युवा तथा खेलकुद मन्त्रीमा विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा सीताकुमारी नेपालीलाई नियुक्त गर्नुभएको हो ।

कर्णालीमा सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको युवा तथा खेलकुद महाशाखालाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा गाभेर आन्तरिक मामिला तथा कानुन मन्त्रालय बनाइएको हो । भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय बनाइएको हो  ।

बुधवार मात्रै आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी र आर्थिक मामिला तथा योजना मन्त्री विमला केसीले राजीनामा दिएपछि नयाँ नियुक्ति गरिएको हो । मुख्यमन्त्री शाहीले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी भने आफैलाई राख्नुभएको छ । मुख्यमन्त्री सचिवालयले नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम बिहीवार (भाेली) बिहान ११ बजे तय भएको जानकारी दिएको छ ।  

प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update