भोली आइतबार हुने उप चुनावमा रुकुम रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा ११ हजार एक सय ८० जना मतदाता सहभागी हुँदै छन् । १४ वडा रहेको यस गाउँपालिकामा १९ मतदान स्थल र २५ मतदान केन्द्र तोकिएको छ ।
जनसंख्या र भूगोलका आधारमा मतदान स्थल र मतदान केन्द्र तोकिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार २, ५, ७, १० र ११ नम्बर वडामा दुई÷दुई मतदान स्थल कायम गरिएको छ । ५, १०, १२ र १४ वडामा मतदान केन्द्रको संख्या बढि छ । वडा नम्बर १० मा तीन, १२ र १४ मा दुई÷दुई मतदान केन्द्र तोकिएको छ ।
१ नम्बर वडाको पुथा हिमालय माविमा एउटा मतदान स्थल र एउटै केन्द्र रहेको छ । यहाँ नौं सय ४६ मतदाता छन् । २ नम्बर वडाको हर्दिबाङ मतदान केन्द्रमा एक सय २२ मतदाता छन् भने पेल्मा केन्द्रमा तीन सय ८२ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयको भनाई छ । ३ नम्बर वडाको आधारभुत विद्यालय रन्मामैकोट मतदान केन्द्रमा तीन सय ९० मतदाता रहेको कार्यालयले जानकारी दिएको छ ।
यस्तै ४ नम्बर वडाको दिपज्योति आधारभुत विद्यालयको मतदान केन्द्रमा चार सय ८३, ५ नम्बर वडाको जनता आधारभुत विद्यालय काजरजंग मतदान केन्द्रमा एक सय १५ र ५ नम्बर वडाकै देउराली मावि हुकामको प्रावि भवनको मतदान केन्द्रमा सात सय ३४ जना मतदाता रहेका छन् ।
६ नम्बर वडाको जनजागृति आधारभुत विद्यालय मायाङ मतदान केन्द्रमा तीन सय ५२ मतदाता रहेका छन भने ७ नम्बर वडाको जनज्योती मावि जाङ मतदान केन्द्रमा तीन सय चार तथा सोही वडाको सानीभेरी आधारभुत विद्यालय खारखोला मतदान केन्द्रमा एक सय ४५ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालय रुकुम पूर्वका प्रमुख बलबहादुर केसीले जानकारी दिनुभयो ।
८ नम्बर वडाको जनसहयोग मावि रिवाङचौर मतदान केन्द्रमा आठ सय ४१, ९ नम्बर वडाको आदर्श मावि खारबाङ मतदान केन्द्रमा पाँच सय ७७ जना मतदाता रहेको उहाँले बताउनुभयो । यस्तै पालिकाको केन्द्र रहेको १० नम्बर वडा स्थित महेन्द्र मावि तकसेराको मतदान केन्द्रमा एक हजार दुई सय ६ तथा सोही वडाको आधारभुत विद्यालय घुम्लिबाङ मतदान केन्द्रमा दुई सय ५२ जना मतदाता रहेका छन् ।
११ नम्बर वडाको उत्तरगंगा आधारभुत विद्यालय मतदान केन्द्रमा नौं सय ५८ तथा सोही वडाको जनजागृति आधारभुत विद्यालय दमचन मतदान केन्द्रमा तीन सय पाँच जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयको भनाई छ ।
१२ नम्बर वडाको पर्वत मावि कोल मतदान केन्द्रमा एक हजार तीन सय ३९, १३ नम्बर वडाको जनजागृति आधारभुत विद्यालय पिपलटुङ मतदान केन्द्रमा ६ सय ३३ र १४ नम्बर वडाको सिद्वमण्डली मावि राङ्सी मतदान केन्द्र क मा ५ सय ६३ जना तथा ख मतदात केन्द्रमा ५ सय ३३ मतदाता रहेका छन् । उप निर्वाचनको लागि मतदान अधिकृत तथा सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारी तथा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
साथै सम्पूर्ण निर्वाचन सामग्री समेत मतदान स्थलमा पठाइएको छ । निर्वाचनमा आवश्यक मतपेटिका, मतपत्र लगायतका सम्पूर्ण सामग्री मतादन स्थलमा पुर्याइसकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पुथाउत्तरगंगामा उपाध्यक्ष पदका लागि उप चुनाव हुँदै छ ।
रिक्त २ नम्बर वडाध्यक्षमा भने नेकपा माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भइसक्नुभएको छ । नेकपा माओवादी केन्द्रबाट पालिका उपाध्यक्षमा निर्वाचित भूपेन्द्रा बुढा र २ नम्बर वडाध्यक्ष निर्वाचित माओवादी केन्द्रकै जसबहादुर श्रीपालीको गाडी दुर्घटनामामृत्यु भएपछि उपाध्यक्ष र वडाध्यक्ष पद रिक्त भएको हो ।