Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरी ५ मा पनि मतदान जारी

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ मा पनि मतदान सुरु भएको छ । यहाँ एउटा मात्र मतदान स्थल कायम गरिएको छ । जसमा दुई वटा मतदान केन्द्र रहेका छन् । नेपाल राष्ट्रिय मावि घापाघारमा मतदान स्थल कायम गरिएको छ भने क र ख गरी २ वटा मतदान केन्द्रहरू रहेका छन् । 

क मतदान केन्द्रमा महिला ४१ पुरुष ४० र ख मा महिला २६ पुरुष २२ जनाले मतदान गरेका मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ । वडाध्यक्षको उपचुनावका लागि यहाँ १४ सय ३४ जना मतदाता रहेका छन् । क मतदान केन्द्रमा क्रम सङ्ख्या १ देखि ७ सयसम्मका मतदाताले मतदान गरिहेका छन् भने त्यो भन्दा माथि क्रम सङ्ख्या रहेका मतदाताले ख मतदान केन्द्रमा मतदान गरिरहेका छन् । 

नेपाल राष्ट्रिय मावि क मतदान केन्द्रको मतदान अधिकृतमा गोविन्दप्रसाद कोइराला र ख मतदान केन्द्रमा शशीराम विष्टलाई मतदान अधिकृतका रूपमा खटाइएको छ । त्यस्तै क मतदान केन्द्रको सहायक मतदान अधिकृतमा रमेश खड्का, सहायक कर्मचारीमा कृष्णबहादुर केसी र समशेरबहादुर महत तथा कार्यालय सहयोगीमा तुलवीर ओली रहनुभएको छ । 

ख मतदान केन्द्रको सहायक मतदान अधिकृतमा झकेन्द्र केसी, सहायक कर्मचारीमा युवराज कार्की र ईश्वरीप्रकाश ओली तथा कार्यालय सहयोगिमा अयुब खड्कालाई खटाइएको बताइएको छ । त्यस्तै जगेडा मतदान अधिकृतमा निमबहादुर केसी र सहायक मतदान अधिकृतमा दिनेश ओलीलाई राखिएको छ । 

२०७९ वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएका अलबहादुर खत्रीको निधन भएपछि उक्त वडामा निर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  ०९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update