जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख र कुशे गाउँपालिका–७ को वडा अध्यक्ष पदका लागि ६ हजार ६६ मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १२:३० बजेसम्म कुल ३४.१७ प्रतिशत मतदान सम्पन्न भएको हो। कुशे गाउँपालिकामा उत्साहजनक सहभागिता देखिएको छ । कुशे गाउँपालिकाका दुई मतदान केन्द्रमा उत्साहजनक सहभागिता देखिएको छ।
नेपाल राष्ट्रिय आधारभूत विद्यालय, समाकोट (क) मा ३३६ र (ख) मा ३०५ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
नलगाड नगरपालिकाकाे, अनापानी (क) १७३ र (ख) १३५ खसेको छ । जनक आ.वि., डाँडागाउँ (क) १८३ र (ख) १७७, कैलाश कन्या आ.वि., कट्के २७७,सूर्योदय मावि., कैना टट्टा १८० ,भानुभक्त मावि., लह (क) २९८ र (ख) २४१,जुनी मावि., सिर्के २४२ र हिमालचुली प्रावि., खानटाकुरा २८७ मत खसेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।
कार्यालयका अनुसार वीरेन्द्र आधारभूत विद्यालय, भारगाउँ (क) २२२ र (ख) २४०, त्रिभुवन मावि., दल्ली (क) २०१ र (ख) १९०,गणेश प्रावि., मालुबातारा २१७,पञ्चभयार मावि., जिकुवा (क) ३६२ र (ख) १५२,त्रिभुवन मावि., ताँत्रा १९१,जनविकास आ.वि., राउतगाउँ २५०,गणेश प्रावि., चौखागाउँ ३७२,विरेन्द्र हिमालय मावि., तल्लु (क) १७८ र (ख) १५९,भगवती आ.वि., खातीगुर्ता (क) २३५ र (ख) २६३ मत खसेको छ ।
निर्वाचन अधिकृतको कार्यालयले मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा जारी रहेको छ। “सुरक्षा व्यवस्थापन र मतदान प्रक्रियामा कुनै अवरोध भएको छैन। फमतदानका लागि बिहानैदेखि मतदाताको उत्साहजनक सहभागिता देखिएको छ ।