रुकुम पश्चिममा ७९ जना कोरोना संक्रमित थपिए
रुकुम पश्चिममा पछिल्लो २४ घण्टामा ७९ जना कोरोना भाईरस (कोभिड–१९)का संक्रमित थपिएका छन् । जिल्ला अस्पताल, चौरजहारी नगरपालिकाको पिसिआर प्रयोगशाला र त्रिवेणि गाउँपालिकामा १ सय ४१ जनामा गरिएको परीक्षणमा ७९ जनामा कोरोना पुष्टि भएको हो । यो संगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ९ सय ४४ पुगेको छ । जसमा नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणको लहर फैलिएपछि जिल्लामा संक्रमण पुष्टि हुनेको संख्या ६ सय ८२ रहेको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८ १९:०७
प्रतिक्रिया दिनुहोस्