विश्व एड्स दिवस
सिन्धु कर्णालीकै उत्कृष्ट स्वास्थ्यकर्मीका रूपमा सम्मानित
जिल्ला अस्पताल रुकुम पश्चिममा कार्यरत स्वास्थ्यकर्मी सिन्धु बोहरा कर्णाली प्रदेशकै उत्कृष्ट स्वास्थ्यकर्मीका रूपमा सम्मानित हुनुभएको छ । विश्व एड्स दिवसको अवसरमा बोहरा राष्ट्रिय एड्स तथा यौन रोक नियन्त्रण केन्द्र काठमाडौँद्वारा सम्मानित हुनुभएको हो । हेल्थ असिस्टेन्ट बोहरा जिल्ला अस्पताल सल्लेमा एआरटी काउन्सिलरका रूपमा कार्यरत हुनुहुन्छ ।
कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतको सिफारिसमा उहाँ दिवस विशेष मूल समारोहमा सम्मानित हुनुभएको हो । प्रत्येक प्रदेशका एक एक जना उत्कृष्ट स्वास्थ्यकर्मी सम्मानित हुँदा बोहरा कर्णाली प्रदेशबाट उत्कृष्ट स्वास्थ्यकर्मीका रूपमा सम्मानित हुनुभएको हो । विश्व एड्स दिवसका अवसरमा सात प्रदेशका सात जनालाई पुरस्कृत गरिएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१ १५:१६
प्रतिक्रिया दिनुहोस्