Kakhara सबैको खबर सम्पूर्ण खबर
रूकुम पश्चिमकाे सानीभेरी ५ मा काँग्रेसका माेतीराम विजयी

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ मा नेपाली काँग्रेसका मोतीराम खत्री विजयी हुनुभएको छ । नेपाली काँग्रेस, नेकपा एमाले र नेपाल समाजवादी पार्टीका तर्फबाट साझा उम्मेदवार खत्रीले नेकपा माओवादी केन्द्रका जसीराम बस्नेतलाई पराजित गर्नुभएको हो । कुल ११ सय ४६ मत खसेकोमा खत्रीले ५ सय ९० मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी बस्नेतले ५ सय ३७ मत पाउनुभयो ।

खत्री ५३ मतान्तरले विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । १९ मत भने बदर भएको छ । यस वडामा यसअघि पनि नेपाली काँग्रेस नै विजयी भएको थियो । २०७९ सालमा भएको स्थानीय तहको चुनावमा नेपाली काँग्रेसका अलबहादुर कुसारी विजयी हुनुभएको थियो ।

उहाँको निधन भएपछि आइतबार भएको उप निर्वाचनमा उहाँका सहोदर भाइ मोतीराम वडाध्यक्षमा विजयी हुनुभएको हो । काँग्रेसले गत निर्वाचनको भन्दा अहिले मतान्तर बढाएको छ । गत निर्वाचनमा २८ मतको फरक परेकोमा अहिले मत अन्तर २५ मत बढेको हो । त्यसबेला काँग्रेसका अलबहादुरले ४६२ ल्याएर विजयी हुँदा एक मात्र प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका तीर्थबहादुर खत्रीले ३४ मत पाउनुभएकाे थियाे । गत निर्वाचनमा पनि काँग्रेस, एमाले, नेसपा लगायतका दलले तालमेल गरेका थिए ।  

Add-a-heading_20241201_210950_0000-1733066870.png
 

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  २१:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update