जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखका लागि भएको निर्वाचनमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रकी देवका लामिछाने ४ हजार २ सय ७२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँकी निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी इन्द्रा चन्द सिंहले ३ हजार १ सय ४७ मत ल्याउनुभयो ।
तेस्रो स्थानमा रहेकी नेकपा एमालेकी सुनिता बोहराले २ हजार ५ सय ४२ मत पाउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी पार्वती पुनले १ सय ७९, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सुनिता पुन रावलले ५८ र नेपाल समाजवादी पार्टीकी पवित्रा जैसीले १७ मत ल्याउनुभयो ।
यसअघिको निर्वाचनमा काँग्रेस–माओवादी गठबन्धन रहेकामा उपप्रमुखमा नेपाली काँग्रेसकी सरिता सिंह ५ हजार ४ सय ६ मत सहित निर्वाचित हुनुभएको थियो । उहाँकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सुनिता बाेहराले ३ हजार ३ सय ९३ मत पाउनुभएकाे थियाे । उपप्रमुख सिंहकाे गत वर्षको कार्तिक १७ गतेको भूकम्पमा परी मृत्यु भएपछि उप निर्वाचन भएको हो ।