Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा अझै मतगणना सुरु भएन

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा अझै मत गणना सुरु भएको छैन । भौगोलिक विकटता कारण दुर्गम वडामा रहेका मतदान स्थलबाट मतपेटिका सङ्कलन गर्न ढिला हुँदा मत गणना सुरु गर्न नसकिएको मुख्य निर्वाचन अधिकृत लोकबहादुर हमालले जानकारी दिनुभयो । 

पालिकाका १४ वडाका १९ मतदान स्थल मध्य १ नम्बर वडाका मत पेटिका राती ३ बजे आएको हुँदा मत गणना सुरु हुन ढिला भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । बिहानसम्म सबै मतदान स्थलबाट मत पेटिका पालिकाको केन्द्र तकमा ल्याइपुर्‍याइएको छ । 

मुख्य निर्वाचन अधिकृत हमालका अनुसार सर्वदलीय बैठक बसेर केही समय पछि मत गणना सुरु गर्ने तयारी छ । पुथामा कुल ११ हजार एक सय ८० जना मतदाता रहेकोमा पाँच हजार नौ सय ३१ मत मात्र खसेको छ । यहाँ नेकपा माओवादी केन्द्रकी नरपूरा बुढा पुन र काँग्रेसको चुनाव चिन्हबाट नेकपा एमालेकी केशकुमार तुलाचन चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । 

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  ०८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update