उपनिर्वाचन
पुथामा चार वटा वडाको मत गणना सकियो, सुरुवातदेखि माओवादी केन्द्रको अग्रता कायमै
रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष पदको लागि भएको उपनिर्वाचनको ४ वटा वडाको मत परिणाम सार्वजजिक भएको छ । सुरुवातदेखि अग्रता लिएको माओवादी केन्द्रले ४ वटा वडाको मत परिणाम सार्वजनिक हुँदासम्म अग्रता कायमै राखेको छ । वडा नम्बर १, २, १३ र १४ को मत गणना गर्दा माओवादी केन्द्रकी उम्मेदवार नरपुरा बुढा पुनले ३ सय ७६ मतले अग्रता कायम गर्दै १ हजार ७६ मत प्राप्त गर्दा रुख चिन्हबाट उम्मेदवार बन्नुभएकी एमालेकी केशकुमारी तुलाचनले ७ सय मत प्राप्त गर्नुभएको छ । ५१ मत बदर भएकाे छ ।
अव १० वटा वडाको मत गणना हुन बाँकी छ । यहाँ ५ हजार ९ सय ३१ मतदाताले मतदान गरेका छन् । मत गणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१ १२:१०
प्रतिक्रिया दिनुहोस्