Kakhara सबैको खबर सम्पूर्ण खबर
पुथाउत्तरगंगा गाउँपालिकामा काँग्रेस–एमाले मिल्दा पनि माओवादी १५ सय मतान्तरले विजयी
विजयी नरपूरा बुढा पुन बिचमा ।

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । उपप्रमुखका लागि आइतबार भएको उपनिर्वाचनमा माओवादीले काँग्रेस, एमाले र नेपाल समाजवादी पार्टी सम्मिलित गठबन्धनलाई पराजित गरेको हो । माओवादीकी नरपूरा बुढा पुनले ३ हजार ६ सय २७ मत ल्याएर विजयी हुँदा गठबन्धनकी केशकुमारी तुलाचनले २ हजार १ सय २८ मत मात्र प्राप्त गर्नुभयो । माओवादी उम्मेदवार नरपूरा १ हजार ४ सय ९९ मतान्तरले विजयी हुनुभएको हो । सुरुवात देखि नै नरपूराले अग्रता लिनुभएको थियो ।

उक्त अग्रतालाई अन्तिमसम्म निरन्तर बढाउँदै जीत हाँसिल गर्नुभएको हो । पुथाउत्तरगंगामा कुल ११ हजार १ सय ८० जना मतदाता रहेकामा ५ हजार ९ सय २१ मत मात्र खसेको थियो । सत्तारुढ काँग्रेस–एमालले गठबन्धन गर्दा माओवादीलाई नेकपा एकीकृत समाजवादीले समर्थन गरेको थियो । यहाँ  २०७९ मा भएको निर्वाचनमा माओवादी नै विजयी भएको थियो ।

उपाध्यक्ष भूपेन्द्रा बुढाको गत भदौ २८ गते बागलुङमा भएको गाडी दुर्घटनामा मृत्यु भएको थियो । उहाँ सँगै पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ का अध्यक्ष जसबहादुर श्रीपालीको पनि मृत्यु भएको थियो । उक्त वडामा यसअघि नै माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भइसक्नुभएको छ । 
 

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update