Kakhara सबैको खबर सम्पूर्ण खबर
४ सय १३ परिवारका  १६ सय ४० जनालाई मास्क र साबुन वितरण
वडावासीलाइ वितरणका लागि खरिद गरिएका मास्क र साबुन ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नं. ९ ले वडावासीका घर घरमा पुगेर मास्क र साबुन वितरण गरेको छ । नयाँ भेरिन्ट सहितको कोरोना भाईरसको संक्रमण उच्च गतिमा फैलिरहेको अवस्थामा वडाले कोरोनाबाट बचाउनका लागि वडावासीलाई घर घरमै पुगेर मास्क र साबुन वितरण गरेको हो । वडाका कुल ४ सय १३ घर परिवारका १६ सय ४० जनालाई निःशुल्क रुपमा मास्क र साबुन वितरण गरिएको वडाध्यक्ष नबिन ओलीले जानकारी दिनुभयो । प्रतिव्यक्ति दुई वटा मास्क र एउटा साबुन वितरण गरिएको उहाँले बताउनुभयो । 

यसका अलावा वडावासीलाई कोरोरना भाइरसको संक्रमणबाट बच्न सचेत समेत बनाईएको वडाध्यक्ष ओलीको भनाई छ । विभिन्न व्यक्ति, संस्था र समुहबाट संकलन भएको ८५ हजार रकमबाट खरिद गरी मास्क र साबुन वितरण गरिएको हो ।विश्वब्यापि महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट बच्न वडाले ‘आफ्नो गाउँ आफै बचाउ’ अभियान मार्फत विभिन्न सचेतना मुलक कार्यहरु गर्दै आएको छ । यसै अभियान अन्तरगत सहयोग जुटाएर मास्क र साबुन वितरण गरिएको तथा सचेतना फैलाएको बताईएको छ ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update