Kakhara सबैको खबर सम्पूर्ण खबर
कुनाखेत मेलामा  महिला पुरुष भलिवल प्रतियोगता आयोजना

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ मा परम्परागत रुपमा लाग्दै आएको कुनाखेत मेला यस वर्षपनि लाग्ने भएको छ । मेला यही मंसिर २७ गतेदेखि पुष १ गतेसम्म लाग्ने भएको हो । मेलाको अवसरमा वडा युवा तथा खेलकुद विकास समितिले महिला पुरुष भलिवल प्रतियोगिता समेत आयोजना गरेको छ ।

मेलामा खुला शुद्ध वडास्तरिय महिला पुरुष भलिवल सहित सांस्कृतिक कार्यक्रहरु पनि आयोजना गरिएको खेल संयोजक  गोविन्द खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार पुरुष भलिवलको प्रथम पुरस्कार १ लाख १२ हजार रुपैयाँको साथमा कप मेडल र प्रमाणपत्र रहेको छ । दोस्रो पुरस्कार नगद ७५ हजार सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्दा तेस्रो स्थान प्राप्त गर्ने समुहले नगद ४० हजार रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । दर्ता शुल्क १० हजार रहेको छ ।

त्यस्तै महिला भलिवल प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समुहले नगद ३१ हजार सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । दोस्रो स्थान हासिल गर्ने समुहले नगद २० हजार सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्दा तेस्रो स्थान प्राप्त गर्ने समुहले नगद १० हजार सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक  खत्रीले जानकारी दिनुभयो । प्रतियोगितामा सर्र्वोत्कृष्ट खेलाडी, वेष्ट स्पाइकर, वेष्ट सेटर, वेष्ट ब्लकर र वेष्ट सर्भरलाई कपको व्यस्था गरिएको छ ।

मेलामा प्रस्तुत हुने पञ्चेबाजा, सिंगारु, पैसेरु, मयूर नाच लगायत स्थानीय मौलिकता झल्किने नाच प्रस्तुत गर्ने समुहलाई उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । मुख्य मेला पुस १ गते लाग्ने छ । 

469175366_3110193645798841_8634320734918458328_n-1733302289.jpg

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १४:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update